८ वैशाख २०८१ शनिबार
खेल

स्वर्णमा ह्याट्रिक गरेकी गौरिकालाई ब्याकस्ट्रोकमा रजत

फाइल फोटो

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीको ५० मिटर ब्याकस्ट्रोकमा गौरिका सिंहले रजत जितेकी छिन्।

सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार गौरिकाले रजत जितेकी हुन्। उनले २९.७१ सेकेन्ड समय लगाइन्।  

यो संगै गौरिकाको स्वर्णसंख्या  तीन र रजतसंख्या दुई पुगेको छ। यस अघि गौरिकाले ४ सय मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी थिइन्।

प्रतियोगितामा भारत पहिलो भएको छ। भारतकी मन्ना राजिव पट्टेलले २८.९४ सेकेन्ड लगाएर स्वर्ण जितिन्। कास्य पदक पनि भारतीय खेलाडीले नै जितेका छन्। 

प्रकाशित: २२ मंसिर २०७६ १२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App