coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

महिला बिच भलिबलमा नेपाललाई कास्य

पोखरा– दक्षिण एशियाली खेलकुद(साग)मा पहिलो पटक समावेश गरिएको बिच भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले कास्य पदक जितेको छ।

पोखराको लेकसाईडस्थित फेवाताल किनारमा आयोजित प्रतियोगितामा विनिता बुढाथोकी र नेविका चौधरीले कास्य पदक जितेका हुन्।

बुढाथोकी र चौधरीको जोडीले आफनै देशकी समूह बीका कोपिला उप्रेती र मनिषा चौधरीको जोडीलाई पन्छाउन तीन सेट खेले। पहिलो सेट २१–१२ मा लिएको बुढाथोकीको जोडीले दोस्रो सेट उप्रेतीको जोडीसँग १९–२१ ले गुमाउन पुगे। अन्तिम निर्णायक सेट भने १६–१४ ले लिदैं कास्य पदकको हकदार बने। 

महिला बिच भलिबलको स्वर्ण र रजत भने श्रीलंकाको पोल्टामा पर्यो। श्रीलंकन समूह बीका दिपिका गेडेरा र मादुसानी विरसिंघेको जोडीले थारुका लक्सिनी र दिनेशा प्रसादिनीको जोडीलाई १९–२१, २१–१५ र १५–८ को सेटले पराजित गर्दै स्वर्ण पदक जिते। महिला विच भलिबल प्रतिस्पर्धा नेपाल, माल्दिभ्स र श्रीलंका सहभागित थिए।

प्रकाशित: २२ मंसिर २०७६ ११:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App