लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान

दुई बालिका हजुरबुवा र ठुलोबुवाबाटै बलात्कृत

आइतबार, २२ मङि्सर २०७६, १६ : ५१ शेरबहादुर जेरो

ओखलढुंगा– ओखलढुंगामा आफन्तबाटै दुई बालिका बालित्कृत भएको घटना सार्वजनिक भएको छ। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा दुई बालिका आफन्तबाटै बलात्कृत भएको घटना बाहिरिएको हो। जिल्लाको मोलुङ गाउँपालिकाकी १४ वर्षीय बालिका उनकै ठुलोबुवा पर्ने करिब ४७ वर्षीय पुरुषबाट बलात्कृत भएकी हुन्।

प्रहरीमा जाहेरी परेपछि बलात्कारको आरोप लागेका उनका ठुलोबुवा फरार भएका छन्। उनको खोजी कार्य भईरहेको प्रहरी निरिक्षक राजिब श्रेष्ठले बताए। ति बालिका गत असोज १४ गते उनकै ठुलोबुवाबाट बलात्कृत भएको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। डर, त्रासका कारण घटनाका विषयमा बालिकाले कसैलाई जानकारी दिएकी थिईनन्।

करिब दुई महिनापछि निरन्तर पेट दुख्ने समस्या भएपछि जचाँउन अस्पताल जाँदा बालिकाकी आमाले थाहा पाएपछि घटना प्रहरीसम्म आईपुगेको बताईएको छ। ठुलोबुवाले घटनाका विषयमा कसैलाई भने मार्ने धम्की दिएका कारण कसैलाई नभनेको बालिकाको भनाई उदृत गर्दै उनकी आमाले बताएकी छिन्। बालिका जिल्लास्थित एक सुरक्षित आवास गृहको शरणमा छिन्।

यसैबीच केही दिन अघि सोही गाउँपालिकाकी एक बालिका हबजुरबुवाबाट बलात्कृत भएको घटना सार्वजनिक भएको थियो। १५ वर्षीय बालिकालाई उनकै नाताले हजुरबुवा पर्ने ५८ वर्षीय वृद्धबाट बलात्कृत भएको घटना सार्वजनिक भएको हो। आरोपितलाई प्रहरीले पक्राउ गरी जबरजस्ती करणी आरोपमा मुद्दा चलाईएको छ। 

बालिकाका आफन्तले प्रहरीमा दिएको जाहेरीका आधारमा वृद्धलाई पक्राउ गरि अनुसन्धान गरी मुद्दा चलाएको प्रहरीले जनाएको छ। गत साउन महिनामा बालिकालाई वृद्धले बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ। घरमा कोही नभएको मौकामा वृद्धले बालिकालाई आफ्नै घरमा बोलाएर जबरजस्ति करणी गरेको जाहेरीमा उल्लेख छ।

बालिकाको पेट अस्वभाविक रुपले बढेकाले आफन्तले साँेधपुछ गर्दा बालिका गर्भवती रहेको खुलेसँगै वृद्धले बलात्कार गरेको घटना सार्वजनिक भएको हो। बालिका २३ हप्ताकी गर्भवती रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र जिल्ला अस्पताल रुम्जाटारले जनाएको छ। बालिका सुस्त मनस्थिति र कम उमेरकी भएका कारणले गर्भपतनका लागि प्रसुती गृह थापाथली रेफर गरिएको केन्द्रले जनाएको छ। दुबै घटनाको जाहेरी केही दिन अघि मात्र जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको प्रहरीले जनाएको छ।






यसमा तपाईको मत

अन्य समाचार

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

क्य्राक गरेको होस् या ओरिजिनल विन्डोज ७ बाट नि:शुल्क ओरिजिनल विन्डोज १० मा अपडेट गर्नका लागि यस्तो गर्नुहोस् ...

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

निर्माण व्यवसायीको क्षमता र स्तरवृद्धिका साथसाथै एक्स्पोलाई नाफाघाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीको ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं। ...

लाईफरको एक्लूजिभ शोरुम

लाईफरको एक्लूजिभ शोरुम

शोरुमको उद्धघाटनको उपलक्षमा समाज सेवाका रुपमा उक्त दिन एड्रिना इम्पेक्सले मून्बो बाई हिण्डवेरसगँ संयूक्त रुपमा पिउने पानीको TDS Level जाँच...

एक्स्पोमा प्रविधिमा आएको परिवर्तन बारे जानकारी हुन्छ (भिडियो )

एक्स्पोमा प्रविधिमा आएको परिवर्तन बारे जानकारी हुन्छ (भिडियो )

एक्स्पोमा निर्माण प्रविधि तथा सामग्रीको बिक्री भन्दा पनि मुलुकभरका करिब १५ सय बढी निर्माण व्यवसायीमा हेभी इक्विपमेन्टको प्रयोगसँगै समयअनुसार प्रविधिमा...

पंचकन्याले फ्लेम प्रो पाइप र फ़िटीङ्ग्स पहिलो पटक नेपाल भित्राएको हो। (भिडियो अन्तरवार्ता)

पंचकन्याले फ्लेम प्रो पाइप र फ़िटीङ्ग्स पहिलो पटक नेपाल भित्राएको हो। (भिडियो अन्तरवार्ता)

विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको र नेपालमै पहिलो पटक पञ्चकन्या ग्रुपले Chlorinated Polyvinyl Chloride (सीपीभीसी)को नयाँ दुई ग्रेडको...

सिटी एक्सप्रेसको “दशैं–तिहारमा उपहारको बहार” योजनाको बिजेता घोषित

सिटी एक्सप्रेसको “दशैं–तिहारमा उपहारको बहार” योजनाको बिजेता घोषित

नेपालटार स्थित एभरसेफ मनि ट्रान्सफरबाट सरला अधिकारी र रानीबारी स्थित अक्सफोर्ड नेपाल मनि ट्रान्सफरका पिताम्बर सापकोटाले ३२ इन्चको सामसुङ स्मार्ट...

जोन डियरको नयाँ शोरुम वुटवलमा

जोन डियरको नयाँ शोरुम वुटवलमा

जोन डियरको नयाँ शोरुम विषेश समारोहका बिच विधिगत रुपमा एम.भि.दुगड ग्रुपका मार्केटिङ्ग हेड श्री नन्द किशोर भट्ट र सर्भिस हेड...

जनकपुरमा आजदेखि टाटाको कार मेला

जनकपुरमा आजदेखि टाटाको कार मेला

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको आयोजनामा जनकपुरमा टाटाको कार मेला हुने भएको छ । ...

Ncell Footer Ad