coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रकले बालिकालाई ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त, विद्यार्थीले ट्रक जलाए

नेपालगन्ज- ट्रकले बिद्यार्थीलाई ठक्कर दिएर घाइते बनाएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ । कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले आइतबार बिहान करिब साढे १० बजेतिर स्थानीय त्रिभुवन माध्यामिक बिद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृती चन्दलाई ठक्कर दिएको थियो । आफ्नी सहपाठीलाई ठक्कर दिएपछि आक्रोशित भएका विद्यार्थीले ट्रकमा आगजनी गरेका छन् ।

ठूलो संख्यामा उपस्थित भएका विद्यार्थीले ट्रकमा आगजनी गर्ने क्रममा प्रहरीसँग झडप समेत भएको थियो । प्रहरीले स्थिती नियन्त्रणमा लिन दर्जनौं हवाई फायर गरेको बताइएको छ । प्रहरीले चालकलाई आफ्नो नियन्त्रणमा लिईसकेको जनाएको छ ।

यस्तै ट्रक पूर्ण रुपमा जलेको ईलाका प्रहरी कार्यालय कोहलपुरलाई उद्धृत गर्दै बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले नागरिकलाई जानकारी दिए । ‘विद्यार्थीले आगजनी गरेका कारण ट्रक पूर्णमा जलेको छ, स्थिती अझै नियन्त्रणमा आउन सकेको छैन,’ उनले भने । तत्काल कफ्र्यु जारी गर्ने अवस्था भने नभएको निमित्त प्रजिअ उपाध्यायले बताए ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ निवासी १२ बर्षिया घाईते चन्दको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । दुबै खुट्टामा चोट लागेको उनको अवस्था गम्भिर रहेको बताइएको छ । प्रहरीले आन्दोलनमा दमन गरेको बिद्यार्थीले बताएका छन् ।

 

 

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App