coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्लीको अनाज मण्डीमा आगलागी, ४३ जनाकाे मृत्यु

काठमाडौं - भारतको राजधानी नयाँ दिल्लीको अनाज मण्डीमा आगलागी हुँदा  ४३ जनाको मृत्यु भएको छ। भारतीय समाचार संस्था एएनआइकाअनुसार आइतबार बिहानै भएको आगलागीमा ४३ जनाको मृत्यु भएको हाे।

दर्जनौं मानिसहरु घाइते भएकोले मृतकको संख्या अझैं बढ्न सक्ने समाचारमा जनाइएको छ। आगलागीस्थलमा अहिले अग्नी नियन्त्रकको टोली पुगेको छ। घाइतेको उद्दार र आगो नियन्त्रणमा लिने प्रयास भैरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। आगलागी भएको घरमा विभिन्न कारखानामा काम गर्ने मजदुरहरु बस्दै आएका थिए।

 

प्रकाशित: २२ मंसिर २०७६ ०४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App