७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘नाष्ट प्रविधि पुरस्कार’बाट घिसिङ सम्मानित

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ नाष्ट प्रविधि पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’बाट शुक्रबार घिसिङलाई सम्मानित गरेको हो ।

विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्‍याएवापत प्रबन्ध निर्देशक घिसिङलाई एक लाख नगद र सम्मानपत्रसहित सम्मानित गरिएको हो ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले नाष्टको ३७औं वार्षिकोत्सवका अवसरमा सम्मान गरेका हुन् । नाष्टका प्राज्ञ प्राडा जनार्दन लामिछाने नेतृत्वको पुरस्कार मूल्यांकन एवं छनोट समितिले कार्यकारी निर्देशक घिसिङलाई ‘नाष्ट प्रविधि पुरस्कार’ प्रदान गर्न सिफारिस गरेको हो ।

कार्यक्रममा मन्त्री पोखरेलले पुरस्कृत व्यक्तिहरुको जिम्मेवारी थपिएको उल्लेख गर्दै जनताको अपेक्षालाई पूरा गर्ने गरी क्रियाशील रहन आग्रह गरे । २०७३ भदौमा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको कहालिलाग्दो लोडसेडिङ अन्त्य गरेका थिए ।
 

प्रकाशित: २२ मंसिर २०७६ ०३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App