७ वैशाख २०८१ शुक्रबार
समाज

सडक दुर्घटनामा शिशुसहित दुईको मृत्यु

बाँके- पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीसोनारी गाउँपालिका–२ जिरो पोइन्टमा भएको सडक दुर्घटनामा एक शिशुसहित दुई जनाको मृत्यु भएको छ।

नेपालगञ्जदेखि दाङतर्फ बिरामी लिएर जाँदै गरेको रा१झ १६१ नंको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको ना८ख ५४३२ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा एक शिशु र चालक सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का २८ वर्षीय चित्रबहादुर सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। शिशुको घटनास्थलमै र एम्बुलेन्स चालकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले दुर्घटनामा दाङको दङ्गीशरण नगरपालिका–५ का ३६ वर्षीय तीलकराम खड्का र उनकी पत्नी २४ वर्षीया मालती खड्का घाइते र तिलकरामको अवस्था गम्भीर रहेको छ। घाइते दुवै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको भइरहेको छ।

 

प्रकाशित: २१ मंसिर २०७६ १४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App