अन्तर विद्यालय छात्र फुटबल प्रतियोगीतामा दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

शनिबार, २१ मङि्सर २०७६, २० : ०१ नागरिक

खोटाङ – खोटाङमा आयोजित तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र फुटबल प्रतियोगीताको उपाधि दिक्तेल इंलिस बोर्डिङ स्कुलले जितेको छ। शनिबार माटिकोरे खेलमैदानमा भएको फाईनल खेलमा सरस्वती नमूना माबि दिक्तेललाई १ काविरुद्ध ४ गोल गर्दै दिक्तेल इंलिस बोर्डिङ स्कुलले उपाधि उचालेको हो।

प्रतियोगीतामा दिक्तेल इंलिस बोर्डिङ स्कुलका रविन राई एक्लैले ३ गोल गरे। यस्तै, निसान खत्रीले पनि दिक्तेल इंलिस बोर्डिङ स्कुलका लागि १ गोल थपेका थिए। सरस्वती नमूना माबिकातर्फबाट शान्तीराम राईले १ गोल मात्र फर्काएको प्रतियोगीताका आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए)का खेल संयोजक श्याम पौडेलले बताए।

गत बुधबारदेखि सुरु प्रतियोगीताका विजेता र उपविजेतालाई क्रमशः २५ हजार र १० हजारका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ।

प्रतियागीतामा सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि दिक्तेल इंलिस बोर्डिङ स्कुलका रविन राई, उत्कृष्ट गोल रक्षकको उपाधि निशान बिक, बेष्ट डिफेन्डरको उपाधि लक्ष्मण राई, नवोदित खेलाडीको उपाधि निसान खत्री र बेष्ट मिडफिल्डरको उपाधि सरस्वती नमूना माबिका नविन दाहाललाई प्रदान गरिएको छ। विजयी टिम तथा खेलाडीलाई जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवबिक्रम राई, सरस्वती नमूना माबिका प्रअ ध्यानबहादुर राई, व्यवस्थापन समिति अध्यक्ष जयप्रसाद आचार्य लगायतले पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका छन्।

प्रतियोगीतामा जिल्लाका १६ माविले प्रतिष्पर्धा गरेको थियो। फुटबल खेलमा सम्भाबना बोकेका प्रतिभाको पहिचान गर्दै व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्यकासाथ लगातार तेश्रो वर्ष अन्तर माबि स्तरिय केएफए छात्र फुटबल प्रतियोगीता आयोजना गरिएको खोटाङ फुटबल एकेडेमी (केएफए)का अध्यक्ष नूरकाजी शैंजूले बताए।

उत्कृष्ट खेलाडीलाई अध्ययनको अवसर
दिक्तेलमा आयोजित अन्तर विद्यालय छात्र फुटबल प्रतियोगीताका उत्कृष्ट ५ जना खेलाडीलाई प्रिमियर कलेज, ४ जनालाई ग्रामर कलेजले, २ जनालाई व्रिजवाटर इन्टरनेशनल कलेज काठ्माण्डौंले कक्षा ११ र १२ अध्ययनका लागि निःशुल्क छात्रबृत्ति प्रदान गर्ने आयोजकले जनाएको छ। यस्तै, दिक्तेल इंलिस बोर्डिङ स्कुलले १ जना,  माउण्ट एभेरेष्ट बोर्डिङ स्कुलले २ जना र सरस्वती नमुना माबि दिक्तेलले पनि ५ जना खेलाडीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रबृत्ति प्रदान गर्ने प्रतियोगीताका आयोजक खोटाङ फुटबल एकेडेमीले जनाएको छ। छात्रवृत्ति प्राप्त गर्नका लागि खेलाडीले एसइईमा कम्तीमा ‘बी प्लस’ ग्रेड ल्याउनुपर्ने जनाइएको छ।

यसबाहेक उत्कृष्ट ११ खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा)को उमेर समुह राष्ट्रिय खेलाडी छनौट प्रतियोगीतामा सहभागीताको अवशर पाउने खोटाङ फुटबल एकेडेमीका प्रशिक्षक रोशेष श्रेष्ठले बताए। छात्रवृत्ति लगायतका अवसर पाउने विद्यार्थीको टुंगो केही समयपछि लगाइने आयोजकले जनाएको छ। एकेडेमीले विद्यार्थी खेलाडीको मानसिक, वौद्धिक तथा शारिरिक विकासका लागि खेलकुदका गतिविधि सञ्चालन गर्दै आएको छ।


 
 






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad