७ वैशाख २०८१ शुक्रबार
अर्थ

काठमाडौंको केन्द्रमा दक्षिण एसियाकै पहिलो स्काइ वाल्क टावर

काठमाडौं - दक्षिण एसियाकै पहिलो स्काइ वाल्क टावरको शिलान्यास गरिएको छ। उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, मुख्यमन्त्री शेरधन राई लगायतले शनिबार उक्त टावरको शिलान्यास गरेका हुन्। १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको स्काइ वाल्क टावर काठमाडौंको कमलादीमा वन्डर्स नेपालले बनाउन लागेको हो।

दुई अर्ब लागमा निर्माण हुन लागेको टावर पर्यटन क्षेत्रकाे विकासमा कोसे ढुंगा सावित हुने उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बताए। शिलान्यास कार्यक्रमपछि शुभकामना मन्तव्य दिँदै मन्त्री पोखरेलले देशको पर्यटन क्षेत्रको विकासका लागि प्राकृतिक सम्पदासँगै मानव निर्मित संरचना पनि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। ‘मावन निर्मत यस्ता योजनाले पर्यटन क्षेत्रमा महत्वपूर्ण अर्थ राख्छ’ उनले भने, ‘दक्षिण एसियाकै पहलो टावर भएकाले पनि यो टावर पर्यटन विकासमा कोशेढुंगा सावित हुनसक्छ।’

यस्तै शिलान्यास कार्यक्रमा पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको आर्थिक उन्नतिको प्रमुख आधार पर्यटन क्षेत्र भएको उल्लेख गर्दै काठमाडौंको केन्द्रमा बन्न लागेको स्काइ वाल्क टावरले पर्यटन विकासमा महत्वपूर्ण हुने बताए। उनले यस्तो संरचना निर्माण हुँदा पर्यटकको बसाई लम्बिने विश्वास समेत व्यक्त गरे। कार्यक्रममा वण्डर्स नेपालका अध्यक्ष आकर्षण पोखरेलले देशभरका विज्ञ इन्जिनियर तथा डिजाइनरहरुबाट अध्ययन गराई यो टावरको निर्माण गर्न लागिएको जानकारी दिए।

उक्त स्काई वाक टावरमा ११ जना लगानीकर्ता छन्। यो टावर बनाउने जिम्मा अमर कन्ट्रक्सनले पाएको छ भने स्टिल स्ट्रक्चरको जिम्मा सेफ स्टिलले पाएको छ। वन्डरर्स नेपाल प्रालिका प्रोजेक्ट म्यानेजमेन्ट डाइरेक्टर सन्जिव रोकाहका अनुसार टावरको उचाइ ७८ मिटर रहनेछ। ग्राउण्ड फ्लोरबाट लिफ्ट चढेपछि सिधै ६८ मिटरमा पुगिनेछ।

६८ मिटरमा १० वटा कोठा हुनेछन्। जहाँ मिटिङ हल,रेस्टुरेन्ट हुनेछन्। रेस्टुरेन्टमा एक सय जनासम्म अट्नेछन्। रोकाहले भने, ‘सबभन्दा टपमा स्काई वाक हुनेछ। दैनिक १२ सय जनाले अवलोकन गर्न सकिने उक्त टावरमा चढ्नको लागि सर्वसाधारणले निश्चित रकम तिर्नुपर्नेछ।’ टावरमा मनोरन्जनका लागि नाइट क्लबहरु पनि सञ्चालन गरिनेछ।

प्रकाशित: २१ मंसिर २०७६ १२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App