७ वैशाख २०८१ शुक्रबार
राजनीति

कहिलेकाँही तलमाथि हुने जनमतले पार्टीको जनाधारलाई झन् बलियो बनाउँछ:सभापती देउवा

बुटवल- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस चलायामन पार्टी भएकोले कहिलेकाँही तलमाथि हुने जनमतले पार्टीको जनाधारलाई झन् बलियो बनाउने बताएका छन्। शनिबार नेपाली काँग्रेसको सिद्धार्थनगर नगर समितीको भेलालाई  भैरहवामा सम्बोधन गर्दै सभापति देउवाले आगामी निर्वाचनमा सो कुराको पुष्टि हुने पनि दावी गरे।

केहि दिन अघि सम्पन्न उपनिर्वाचनमा पनि जनताले जनाधार काँग्रेससँगै छ भन्ने सन्देश दिएको भन्दै सभापती देउवाले दाङ र पोखराको हारलाई सहानुभुतीको मतले काम गरेको हुन सक्ने बताए। 'दुवै स्थानमा महिलाले जित्नुभयो। उहाँहरुसँग सहानुभुतीको मत पनि थियो। तर पनि सहानुभुती मतले मात्रै हो वा अन्य फ्याक्टर पनि छ त्यस बारेमा पनि पार्टीले गम्भीर छलफल गर्नेछ' देउवाले भने।

पार्टीभित्र अन्तरघातको संस्कृति हटन नसकेको उल्लेख गर्दै उनले अन्तरघातको रोगलाई सदाकालागि अन्त्य गर्ने प्रतिवद्धता पनि जनाए। अन्तरघात रहँदासम्म पार्टी उभोलाग्न नसक्ने भन्दै सभापती देउवाले अन्तरघातीलाई पार्टीबाटै निश्कासन गर्ने दोहोर्‍याए। पार्टीभित्र बस्ने अनि आफ्नैलाई हराउने त्यस्तो पनि गर्न पाइन्छ। अब कडा हुनु पर्छ अन्तरघातीलाई कारवाही गरेरै छोडिन्छ देउवाले भने।

कार्यक्रममा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले रुपन्देही जिल्ला काँग्रेसको किल्ला हुने दावी गरे। कहिलेकाँही मतपरिणाम कमजोर जस्तो देखिएपनि काँग्रेसको बाहुल्यता प्रमाणित गरेरै छाडने दावी गरे।

प्रकाशित: २१ मंसिर २०७६ १०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App