coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

माल्दिभ्सविरुद्ध नेपाललाई २–१ गोलको अग्रता

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध २–१ गोलले अग्रता बनाएको छ। नेपालका लागि अनन्त तामाङमाले ५२ औ मिनेटमा दोस्रो गोल गरेका हुन्। उनले हेड मार्फत गोल गरे। 

पहिलो हाफ एक–एक गोलमा सकिएको थियो। खेलको १७ औ मिनेटमा माल्दिभ्सले अग्रता लिएको थियो।

माल्दिभ्सका लागि इब्राहिम महुदी हुसैनलेले गोल गरेका हुन्। कमजोर डिफेन्सको फाइदा उठाउँदै हुसैनले गोल गरे।

त्यस्तै ४३ मिनेटमा नेपालले बराबरी गोल फर्कायो। नेपालका अभिषेक रिजालले बराबरी गोल गरे। अभिषेकले डिबक्स बाहिरबाट दुई डिफेन्डरलाई छक्याउँदै भली गोल गरेका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल भैरहेको छ। आज माल्दिभ्सविरुद्ध जित निकाल्दै फाइनल पुग्ने दाउमा नेपाल छ। 

प्रकाशित: २१ मंसिर २०७६ ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App