coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

संरक्षणको अभावले जोखिममा रातो पाण्डा

महिला तथा दलित जाति उत्थान मन्च दुनैले आयोजना गरेको वन्यजन्तु अपराध नियन्त्रण अभिमुखिकरण कार्यक्रमका सहभागीहरु।

डोल्पा- विश्वको सबैभन्दा सुन्दर स्तनधारी वन्यजन्तु रेड पाण्डा(हाब्रे) संरक्षणको अभावमा उच्च जोखिममा रहेको पाइएको छ। विश्व दुर्लभ वन्यजन्तुको रुपमा रहेको रेड पाण्डाको पछिल्लो समय चोरी शिकारीमा वृद्दि भएसँगै यो जनावर जोखिममा परेको हो।

जथाभावी भइरहेको आगलागी, पूर्वाधार विकासको नाममा ठूला मेशिनहरुको प्रयोगले बासस्थान खण्डीकरण हुनु, निगांलोको अत्यधिक प्रयोग, संरक्षणमा जनचेतनाको कमी र चोरी शिकारीका कारण यो जनावर उच्च जोखिममा रहेको सदरमुकाम दुनैमा गरिएको कार्यशाला गोष्ठीका सहभागीले बताएका छन्। पश्चिम नेपालमा समुदायमा आधारित रेडपाण्डा(हाब्रे) संरक्षण कार्यक्रम अन्तरगत महिला तथा दलित जाती उत्थान मन्च दुनैले आयोजना गरेको दुई दिने वन्यजन्तु अपराध नियन्त्रण अभिमुखिकरण कार्यक्रमका सहभागीहरुले उक्त कुरा बताएका हुन्।

नेपाल, चीन, भारत, बर्मा र भुटानमा मात्र पाइने रेडपाण्डा नेपालमा ५ सयको हाराहारीको संख्यामा पाइन्छ। नेपालका अन्य जिल्लाहरु जस्तै हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिका अन्तरगत पर्ने नर्कु र सर्मि वन क्षेत्रहरुमा विश्व दुर्लभ वन्यजन्तु रेडपाण्डा पाइने गरेको छ। रेडपाण्डा नेटवर्क अन्तरगत महिला तथा दलित जाती उत्थान मन्च दुनैले ०७५ फागुन १७ गतेबाट मुड्केचुला गाउँपालिकाको नर्कु र सर्मिमा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिएको मन्चका अध्यक्ष चन्द्रवहादुर शाहीले बताए।

रेडपाण्डा पाइने क्षेत्रका स्थानीयवासिन्दाहरुलाई रेडपाण्डा पाइने क्षेत्रको बेसलाइन सर्बे, अनुगमन, निरिक्षण संरक्षण, बासस्थानको व्यवस्थापन र जीविकोपार्जन सम्बन्धि तालिम जनचेतनामुलक कार्यक्रम गरिएको रेडपाण्डा नेटवर्क काठमाडौंका दिनेश घलेले जानकारी दिए।

वन्यजन्तु चोरी शिकारीको अवस्था नेपालमा वन्यजन्तु ओसारपसार सम्बन्धि कानुनी व्यवस्था दण्ड सजाय वन्यजन्तु अपराध नियन्त्रणमा प्रहरीको भूमिका वनपैदावर र वन्यजन्तुको संरक्षणको निम्ति बनेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन सन्धिकाबारेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायण रन्जितकार, वन डिभिजन कार्यालयका प्रमुख जितेन्द्र महत र सुशिल सुवेदीले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए।

दुर्लभ र संकटासन्न, संरक्षित जीव, नेपालको पहिचान बनाउनका साथै रेडपाण्डाको संरक्षण मार्फत पर्यटनको विकास गरि स्थानीयवासिन्दाको जीवीकोपार्जनमासमेत सहयोग पुग्ने भएकाले रेडपाण्डाको संरक्षण गर्नुपर्नेमा सहभागीले जोड दिए।

कार्यक्रममा रेडपाण्डा पाइने क्षेत्रका विभिन्न सामुदायिक वन समितिका पदभधिकारी महिला समुह वन अभिभावक रेडपाण्डा संरक्षण अभियानकर्ता र संचारकर्मीको कार्यक्रममा सहभागिता रहेको थियो।  


 

प्रकाशित: २१ मंसिर २०७६ ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App