२० किलो चामल’ ले कर्णाली क्रुद्ध

बुधबार, २९ मङि्सर २०७३, ०७ : ४१ डिबी बुढा

जुम्ला— जन्म र मृत्युमा २० किलो चामल निःशुल्क उपलब्ध गराउने सरकारको निर्णयले कर्णालीवासीलाई क्रूद्ध बनाएको छ। कर्णालीलाई चामल दिने सरकारी निर्णय र कर्णालीमा चामलको राजनीति गर्न प्रेरित गर्ने सबै कर्णालीका शत्रु भएको कर्णालीवासीको विश्लेषण छ।

‘कर्णालीलाई २० केजी चामल नभई खस भाषा, नेपाली पोसाक, नेपालीपनको संस्कार चाहिएको छ’, नेमकिपाका अध्यक्ष शिवलाल डाँगीले भने, ‘कर्णालीका दुःखी बिरामीलाई औषधि र यहाँका व्यवसायीलाई व्यापार गर्ने तरिका चाहिएको छ । बेमौसमी तरकारी खेती गर्न बजेट र ज्ञान चाहिएको छ । राजनीतिमा चामलको खेती चाहिएको छैन ।’

कर्णालीवासीलाई २० केजी चामलमा कैद गर्ने सरकारी रबैया आफूहरुलाई अमान्य भएको सिँजा शनिगाउँका नर्मजंग रोकाया बताउँछन् । उनले भने, ‘कर्णालीलाई मर्दा र जन्मँदा चामल चाहिएको छैन। यहाँका सुत्केरी महिला, बालबालिका बिरामी पर्दा उपचार गर्न लैजाने बाटो चाहिएको छ । वर्तमान सरकारको ध्यान त्यतापट्टि जाओस्।’

चामलमा अलमल्याउन खोज्ने सरकारी नीति कर्णालीका लागि हितकर नहुने नागरिक अगुवा दुर्गाप्रसाद पाण्डे बताउँछन् । उनले भने, ‘कर्णालीमा अहिले चामल अभाव छैन, विकास, धारापँधेराको अभाव छ। सरकार कर्णालीप्रति उत्तरदायी छ भने यहाँका सबै जिल्लामा मोटरबाटो पु¥याउने व्यवस्था गरोस् ।’ कर्णालीलाई चामल दिने बहानामा परनिर्भर बनाउने सरकारी नीति अन्त्य हुनुपर्ने उनले बताए।

‘अहिलेको आवश्यकता चामल नभई क्षतिपूर्तिसहितको स्वायत्त कर्णाली प्रदेश हो, सरकारले यो माग पूरा गरोस्’, उनले भने, ‘कर्णालीमा कालो मार्सी चामल छ, यहाँ खेत छन्, उत्पादन गर्ने जाँगरिला किसान छन्। बरु मार्सी चामल चाहिन्छ भने कर्णाली राज्यलाई अनुदान दिन तयार छ।’

‘कर्णालीलाई एक जना जन्मिँदा एक किलोवाट बत्ती चाहिएको छ, खेर गइरहेको पानीबाट सिँचाइ चाहिएको छ, सरकारको ध्यान त्यतातिर जाओस्’, जुम्लाका अगुवा धनबहादुर गौतमले भने। कर्णालीमा राज्यलाई मात्र नभई मित्रराष्ट्रलाई समेत दिन सक्ने स्रोत साधन भएको बताउँदै गौतमले भने, ‘तर स्रोध साधन उपभोगका लागि उद्योग कलकारखाना चाहियो।’

‘कर्णालीलाई २० केजी चामल नभई खस भाषा, नेपाली पोसाक, नेपालीपनको संस्कार चाहिएको छ’, नेमकिपाका अध्यक्ष शिवलाल डाँगीले भने, ‘कर्णालीका दुःखी बिरामीलाई औषधि र यहाँका व्यवसायीलाई व्यापार गर्ने तरिका चाहिएको छ । बेमौसमी तरकारी खेती गर्न बजेट र ज्ञान चाहिएको छ । राजनीतिमा चामलको खेती चाहिएको छैन ।’

नागरिक समाजका अगुवा जयकृष्ण आचार्यले चामलले भोट किनेर चुनाव जित्ने अवस्था अन्त्य भइसकेको बताए । ‘अब नीति तथा कार्यक्रममा सहभागी गराएर कर्णालीका जनताको मन जित्नुपर्छ’, उनले भने, ‘सक्ने भए सरकारले विशेष अधिकारसहितको कर्णाली प्रदेश घोषणा गरोस् ।’

मुलकका ७५ जिल्लामध्ये कर्णालीका तीन जिल्लामा मात्र मोटरबाटो पुगेको छैन । कर्णाली अझै सल्लाको दियालोको भरमा बाँचिरहेको छ । कर्णालीको अथाह जलसम्पदा खेर गइरहेको छ । स्थानीय लोकेन्द्रराज गिरीले भने, ‘सक्छौ भने सरकार, कर्णालीमैत्री योजना बनाऊ । सक्दैनौ भने कर्णालीलाई सामन्ती नजरले नहेर ।’ सरकारले कर्णालीको हित चाहेको हो भने चामलभन्दा बिजुली बत्तीको प्रबन्ध गर्न उनले सुझाए । ‘तर  कर्णालीलाई ठेस पुग्ने निर्णय नगर’, उनले भने ।

‘कर्णालीका स्वास्थ्य संस्था अहेबको सहारामा छन् ।  घोकन्ते शिक्षा पढिरहेको छ कर्णाली । काठको हलोमा कृषि गरिरहेको छ, तुइनमा यात्रा गरिरहेको छ’,  उनले भने, ‘सक्छ भने सरकारले यसमा सुधार गरोस् ।’

 








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad