८ वैशाख २०८१ शनिबार
खेल

माल्दिभ्सविरुद्ध नेपाल एक शुन्यले पछि

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा माल्दिभ्सले नेपाल विरुद्ध एक गोलले लिड गरेको छ। खेलको १७ औ मिनेटमा माल्दिभ्सका लागि इब्राहिम महुदी हुसैनलेले गोल गरे। 
 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल भैरहेको छ। आज माल्दिभ्सविरुद्ध जित निकाल्दै फाइनल पुग्ने दाउमा नेपाल छ। चार अंक सहित नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। नेपालले २ खेलमा ४ अंक जोडेको हो। 
 
नेपालले यस अघि पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा माल्दिभ्ससँग अतिरिक्त समयको गोलले १–१ को बराबरीमा रोकिएको थियो।
 
लिग चरणको अन्तिम खेल बंगलादेशसंग खेल्न बाँकी नै छ। आजको खेल जिते नेपाल एक खेल अगावै फाइनल पुग्ने छ। नेपालको नेतृत्व सुजल श्रेष्ठले गरेका छन्। 

प्रकाशित: २१ मंसिर २०७६ ०८:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App