७ वैशाख २०८१ शुक्रबार
समाज

विप्लव निकट विद्यार्थी नेता पक्राउ

दार्चुला- नेत्रविक्रम चन्द्र (विप्लव) समूह निकट दुई विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार राति पक्राउ गरेको छ।

यहीं मङ्सिर १८ गते लेकम गाउँपालिका–१ को वडा कार्यालयको साइनबोर्ड मेटाएर विप्लव समूहको नाम लेख्नमा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरिरहेका उनीहरुलाई शैल्यशिखर नगरपालिका–१ शिखर बलाँचबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लेकम–१ सर्मौलीका २० वर्षीय जीवनबहादुर विष्ट र बैतडी पुर्चौडी नगरपालिका–१० का २१ वर्षीय प्रेम महरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

प्रकाशित: २१ मंसिर २०७६ ०७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App