७ वैशाख २०८१ शुक्रबार
समाज

नदिको पानी पिउन बाध्य स्थानीय

एक वर्षदेखि खानेपानीको अभाव झेल्दै आएको सिप गाउँ, सडक निर्माण गर्दा खानेपानीको पाईप काटिएपछि पानीविहीन धारा। तस्बिरःसुमन

मुगु- भौतिक संरचना निर्माण गर्ने क्रममा खानेपानीको पाईप ठाउँठाउँमा छेद विच्छेद भएपछि स्थानीयवाासी एक वर्ष यता नदिको पानी पिउन बाध्य भएका छन्।

सोरु गाउँपालिका वडा नम्वर ७ सिप गाउँमा रहेका ८८ घरधुरीका लागि विगत पाँच वर्ष अगाडी ल्याईएको खानेपानी आयोजना एक वर्ष अघि वडापालिकाले सिप सिरुपाटा सडक निर्माण गर्न डोजर लगाएपछि ठाउँठाउँमा पाईप लथालिङ्ग हुँदा एक गाउँमा खानेपानी समस्या भएको हो।

गाउँमा खानेपानी समस्या भएपछि स्थानीयवासीले गाउँ भन्दा तल रहेको सानो मुहान प्रयोग गर्न थाले पनि खानेपानिको मुहान सानो हुँदा अधिकाँश स्थानीयले कर्णाली नदिको पानी पिउदै आएकका छन्। 'विगतमा खादै आएको खानेपानीको लाईन बाटो खन्ने क्रममा डोजरले काटि दिएपछि अहिले नदिको पानी पिउदै आएका छौं नदिको पानी नपिउँ भने अर्को विकल्प छैन' स्थानीय दानसिंह विष्टले भने। आफुहरुले धेरै पटक खानेपानी मर्मत गरि दिन वडाध्यक्षलाई भनेतापनि गाउँमा पानी आउन नसकेको विष्टको भनाई छ।

यो गाउँमा खानेपानी मात्रै हैन। सडक निर्माण गर्ने क्रममा गाउँमा ल्याईएको सिंचाई कुलो पुरिदा सयौ रोपनी सिंचाई योग्य जमिन बाँझै छ। गाउँ तल र गाउँदेखि माथी रहेको सिंचाई योग्य जमिनमा पानी हाल्न नपाएपछि स्थानीयले एक वर्ष यता सुख्खा जमिनमा तरकारी लागाउदा निकै घाटा व्यहोर्नु परेको बताएका छन्। पटक पटकको स्थानीयको गुनासो आएपछि सडक खन्दा स्थानीयले प्रयोग गर्दै आएको खोनेपानी र सिंचाई कुलो निर्माण गरि स्थानीयवासीको आवश्यकता पुरा गर्न सात नम्बर वडा अध्यक्षलाई ताकेता गरि सकिएको सोरु गाउँपालिकाका अध्यक्ष लोकबादुर शाहीले बताए।

सडक निर्माणका कारण खानेपानी र सिंचाई मात्र नभई गाउँमा रहेको लघु जल विद्युत सेवा पनि अवरुद्ध भएकाले तत्काल विद्युत सेवा पनि सुचारु गर्न आफुले सम्बन्धित सरोकारवाला निकायलाई भनि सकेको अध्यक्ष शाहीको दावी छ।

यता वडा कार्यालयले सिपदेखि सिरुपाटासम्मको सडक निर्माण गर्दा स्थानीयवासीलाई समस्या पर्ने गरि अवरोध हुन गएका खानेपानी, सिंचाई तथा विद्युत सेवाका लागि तत्काल काम सुरु गर्ने वडा नम्बर सातका वडाध्यक्ष राजेन्द्र बुमीले जानकारी दिए। सडक खन्ने क्रममा विग्रेका संरचनाको निर्माण कार्य अबको केही दिनमा सुरु भई आगामी फागुन महिनासम्म पुरा हुने अध्यक्ष बुमीको भनाई छ।


 

प्रकाशित: २१ मंसिर २०७६ ०७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App