coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

देश चुनाबमा गइसक्यो : देउवा

कांग्रेस सभापति देउवा। फाइल तस्विर

काठमाडौ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख तीन राजनीतिक दलबीच पुरानै संरचना अनुसार स्थानीय निकाय निर्वाचन गर्ने सहमति भएको बताएका छन्।पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार नेपाल तरुण दलको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै देउवाले चुनावको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए।

आफूसहित प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच मंगलबार बिहान बालुवाटारमा भएको भएको भेटमा पुरानै संरचना अनुसार स्थानीय निकाय निकायको चुनाव गराउने सहमति भएको देउवाले दाबी गरे।

‘पुरानै ढाँचामा भएपनि स्थानीय निकायको निर्वाचन गर्ने सहमति भएको छ,’ देउवाले भने, ‘देश अब चुनावमा गइसक्यो।’

‘पुरानै ढाँचामा भएपनि स्थानीय निकायको निर्वाचन गर्ने सहमति भएको छ,’ देउवाले भने, ‘देश अब चुनावमा गइसक्यो।’ संविधानको कार्यान्वयनका लागि पनि २०७४माघ ७भित्र तीनै तहको निर्वाचन गराउनै पर्ने बाध्यता रहेको देउवाले सुनाए । ‘संविधान कार्यान्वयन जरुरी छ। त्यसका लागि तीनै तहको चुनाव आवश्यकता मात्र होइन बाध्यता छ,’ उनले भने।

संविधानप्रति असन्तुष्ट दलको मागलाई सम्बोधन गर्न सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्तावलाई एमालेले समर्थन गर्ने पनि देउवाले विश्वास व्यक्ति गरे । ‘अहिले नै संशोधन प्रस्तावमा समर्थन गर्छु भनिसकेको छैन पछि समर्थन गर्नु होला,’ देउवाले भने, ‘संशोधन प्रस्ताव पारित हुन्छ।’

कार्यक्रममा नेता रामचन्द्र पौडेलले गणतन्त्र, संघीयता, समावेसीता र धर्मनिरपेक्षासहितका उपलब्धी रक्षाका लागि प्रमुख प्रतिपक्षी एमाले र आन्दोलनरत मधेस केन्द्रीत दललाई जिम्मेवार हुन आग्रह गरे। संबैधानीक व्यवस्था अनुसार तीनै तहको निर्वाचन नभएसम्म उपलब्धीहरु संस्थागत नहुने जनाउँदै पौडेलले सानातिना कुरा नअल्झन पनि आग्रह गरे।

आँटो ढिँडो कुरा गरेर ठूला उपलब्धि बचाउने कि नबचाउने भन्ने प्रश्न गर्दै पौडेलले भने, ‘एमाले र मधेसवाद दल जिम्मेवार हुनुपर्छ ।’ तीन दलको पहलमा संविधान जारी गरेकोमा खुसी मनाएर मात्र नहुने भन्दै पौडेलले भने, ‘संविधान कार्यान्वयन गर्न पनि एमाले जिम्मेवारीबाट एमाले विचलित हुन पाहिन्न ।’

संविधान कार्यान्वयनको चर्को नारा देखिएपनि एमाले त्यसका लागि तयार नभएको संकेत गर्दै उनले थपे, ‘नाराले मात्र हुँदैन ।’ संविधान कार्यान्वयनको प्रयत्नस्वरुप सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएपनि समाधान नदेखिएको जनाउँदै पौडेलले कांग्रेसले सबैलाई समेटेर मुलुकलाई निकास दिने बताए। मधेसी जनता र मधेसवादी दलका कतिपय मागमा मेलखाने खालका नभएपनि संविधान संशोधन आवश्यक रहेको उनले बताए।

‘मधेसी जनताको चाहना समावेसीता साकार होस् र नागरिकता सहजरुपमा प्राप्त होस् भन्ने छ,’ पौडेलले भने, ‘हामीलाई पछि पारियो र हेला गरिन्छ भन्ने छ । त्यसलाई सम्बोधन गर्नुपर्छ ।’ चुनाव जित्नै पर्छ सभापति देउवाले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन पार्टीले जित्नै पर्ने बाध्यता रहेको जनाउँदै त्यसको तयारीमा जुट्न भ्रातृ संगठनहरुलाई निर्देशन दिए।

‘तरुण दलले भाषण मात्र गर्छ कि काम पनि गर्छ अब हेर्नुपर्छ,’ देउवाले भने,‘पार्टीले चुनाव हा¥यो भने त्यसको जिम्मेवार तरुण दल। जित्दा बधाइ ।’ आफुहरु बुढो भइसकेको जनाउँदै देउवाले तरुण र विद्यार्थीले नै पार्टीलाई अघि बढाउने पनि बताए । पार्टीमा सबैले जिम्मेवारी र अवसर पाउने आश्वासन दिंदै देउवाले भने, ‘पार्टी तरुणहरुकै हो, तपाईंहरुलाई केन्द्रीय विभागमा ठाउँ दिन्छु ।’

प्रकाशित: २८ मंसिर २०७३ १४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App