coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं— नेपाल आयल निगमले हवाई इन्धन(एटिएफ)को मूल्य घटाएको छ। अन्तरार्ष्ट्रिय बजारमा एटिएफको मूल्य घटेपछि नेपाल आयल निगमले आन्तरिक र अन्तराष्ट्रिय उडानतर्फको मूल्य घटाएको हो। आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तराष्ट्रितर्फको प्रति किलोलिटर एक सय डलर घटाउने निर्णय गरेको निगम प्रवक्ता  मुकुन्द घिमिरेले बताए।

 आन्तरिकतर्फको १ सय ९ रुपैयाँबाट घटेर ९९ रुपैयाँ प्रतिलिटर र अन्तरराष्ट्रियको प्रतिकिलोलिटर ९ सय ८१ बाट ८ सय ८१ डलरमा झरेको छ। हवाई इन्धनको मूल्य सयोजनसँगै हवाइ भाडा समेत घटाउन बायु सेवा कम्पनीलाई दबाब पर्ने भएको छ।

हवाई इन्धनको मूल्य समयोजन गरे पनि अन्य पेट्रोलिय पदार्थको मूल्य पाँच महिनादेखि समायोजन भएको छैन। शुक्रबारमात्र इन्डियन आयल कर्पोरेशन(आइओसी)ले रेट पठाएकोले अन्य पेट्रोलिय पदार्थको के गर्ने भन्नेमा निर्णय भैनसकेको प्रवक्ता घिमिरेले बताए।

आयल निगमले शुक्रबार सरकारलाई ७० करोड रुपैयाँ ऋण तिरेको छ। निगमले अब ८० करोड रुपैयाँ मात्र सरकारलाई तिर्न बाँकी रहेको छ । भारतबाट पेट्रोलियम पदार्थ(डिजेल, पेट्रोल, ग्यास, मट्टितेल, हवाई इन्धन) ल्याएर बेच्दै आएको निगमले ३६ अर्ब ऋण मध्ये ३५ अर्ब २० करोड रुपैयाँ तिरिसकेको छ । बाँकी रहेको रकम पनि तिरेर निगम यसैसाता ऋण मुक्त हुने तयारीमा रहेको छ।

प्रकाशित: १७ असार २०७३ १३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App