६ वैशाख २०८१ बिहीबार
खेल

क्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना समाप्त

फाइल फोटो

काठमाडौं– १३ औ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत त्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना विफल भएको छ।

लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेश यु–२३ टिम संग ४४ रनले पराजित भएसंगै नेपालको फाइनल यात्रा सकिएको हो। चार खेल मध्ये दुई खेलमा जित र दुई खेलमा हार व्यहोरेको नेपालले कास्य पदकको लागि भने प्रतिस्पर्धा गर्न पाउने छ।

हाल ४ अंक सहित नेपाल तेस्रो स्थानमा छ। नेपालसंग विजयी भएको बंगलादेश यु–२३ टिम भने फाइनल प्रवेश गरिसकेको छ। त्यस्तै श्रीलंकाको यु–२३ टिम यस अघि नै फाइनल प्रवेश गरिसकेको छ। स्वर्ण पदकको लागि बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै कास्य पदकको लागी भने नेपालले माल्दिभ्स र भूटनबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ।

यी दुबै टोलीलाई नेपालले लिग चरणमा पराजित गरिसकेको छ। नेपाली महिला क्रिकेट टिमले भने यस अघि नै माल्दिभ्सलाई पराजित गर्दै कास्य पदक जितिसकेको छ। 

शनिबार टियु मैदान कीर्तिपूरमा भएको खेलमा नेपाललाई बंगलादेश–यु२३ ले १५६ रनको लक्ष्य पेश गरेको थियो। उक्त लक्ष्य पच्छ्याएको नेपालले ९ विकेट गुमाएर १११ रन मात्रै बनायो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए।

उपकप्तान दीपेन्द्र सिंह ऐरीले १६ र अविनाश बोहोराले १३ बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

खेलमा पूर्वकप्तान पारस खड्का ९ र रोहितकुमार पौडेलले ८ रन, ललित राजवंशी ५, विनोद भण्डारी र सुसन भारी ३–३ रन मा आउट भए। यता करण केसी भने १ रन मै  पेभेलियन फर्किए भने पवन सर्राफ र आरिफ शेखले खाता नै खोल्न सकेनन्।

बलिङ तर्फ बंगलादेशका लागि सुमोन खान, तानवीर इस्लाम, सौम्य सरकार र मेहेदी हसनले समान २–२ विकेट लिए। नेपाल तर्फको बलिङमा भने पारस खड्काले ३ रउपकप्तान दिपेन्द्र सिंह ऐरीले २ र अभिनाश बोहोराले एक विकेट लिए। 

प्रकाशित: २१ मंसिर २०७६ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App