७ वैशाख २०८१ शुक्रबार
खेल

महिला क्रिकेटमा नेपाललाई कास्य

फाइल फोटो

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको छ।

पोखरा रंगशालामा शनिबार माल्दिभ्सलाई पराजित गर्दै कास्य पदक जितेको हो। राउन्ड लिग चरणमा १० विकेटले पराजित गरेको नेपालले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पनि सोही नतिजा फर्कायो।

टस जितेर व्याटिङ रोजेको माल्दिभ्सले जम्मा ९ रनमा अल आउट भएको थियो। माल्दिभ्सले ११ ओभर ३ व्याटिङ गरेको थियो।

जवाफमा नेपालले सात बलमै लक्ष्य पुरा गर्यो। नेपालकी रोमा थापाले ५ र काजोल श्रेष्ठले २ रन बनाए।

अघिल्लो खेलमा बिना रन ६ विकेट लिएर रेकर्ड बनाएकी अन्जली चन्दले आजको खेलमा ४ विकेट लिइन्। यस्तै रुबिना क्षेत्रि र सिता रानामगरले समान २–२ विकेट लिए। 

स्वर्ण पदकका लागि भने श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन्। 

प्रकाशित: २१ मंसिर २०७६ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App