coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विश्वप्रकाश नेतृत्वमा झापामा स्वास्थ्य महोत्सव

झापा— राजनीतिक दलहरुले गर्ने कार्यक्रम भन्ने बित्तिकै सबैले सम्झिने कुरा लगभग एउटै हुन्छ, सभा, भाषणबाजी, नाराजुलुस। दलीय फाइदाभन्दा परको कुरा सोच्नै नसक्ने भन्दै चौतर्फी आलोचना हुने गरेको छ। यसबाट  कुनै पनि दल मुक्त छैनन्। तर, झापाको १ नम्बर क्षेत्रमा  भने यसपटक नेपाली काँग्रेस एउटा फरक तर जनतासँग प्रत्यक्ष सम्बन्धित कार्यक्रमसहित पेश हुने तयारीमा लागेको छ।

‘सधैँ परम्परागत कामहरुमा मात्रै दलहरु केन्द्रीत हुँदा सर्वत्र आलोचना हुँदै आएको छ’, स्वास्थ्य महोत्सव आयोजनाका लागि नेतृत्व गरिरहेका नेता शर्माले भने ‘त्यसैले दललाई र राजनीतिलाई प्रत्यक्ष रुपमा जनतासँग जोड्न यो रचनात्मक महोत्सवको तयारीमा लागेका छौं।’ 

ग्रेसले झापामा ‘प्रथम स्वास्थ्य महोत्सव’ आयोजना गर्दैछ। कृषि महोत्सव, व्यापार महोत्सव, साहित्य महोत्सव जस्ता कार्यक्रम देशैभरी बाक्लै रुपमा आयोजना हुँदै आएका छन्। यसपटक झापामा ती सबैभन्दा फरक स्वास्थ्य  महोत्सव हुने भएको हो । यसको अगुवाई गर्दैछन्, काँग्रेस नेता विश्वप्रकाश शर्माले। 

दर्जनौं विशेषज्ञ चिकित्सकबाट कम्तिमा २० हजार जनालाई एकै थलोबाट उपचार सेवा दिलाउने गरी झापामा स्वास्थ्य महोत्सवको तयारी भइरहेको हो। स्वास्थ्य महोत्सव सम्भवतः मुलुकमै पहिलोपटक आयोजना हुन लागेको हो।  

‘सधैँ परम्परागत कामहरुमा मात्रै दलहरु केन्द्रीत हुँदा सर्वत्र आलोचना हुँदै आएको छ’, स्वास्थ्य महोत्सव आयोजनाका लागि नेतृत्व गरिरहेका नेता शर्माले भने ‘त्यसैले दललाई र राजनीतिलाई प्रत्यक्ष रुपमा जनतासँग जोड्न यो रचनात्मक महोत्सवको तयारीमा लागेका छौं।’ 

काँग्रेस केन्द्रीय सदस्य शर्माको अगुवाईमा झापाको मेचीनगरमा यही माघ ८ देखि १५ गतेसम्म स्वास्थ्य महोत्सव चल्नेछ। शर्माका अनुसार मुलुकका ख्यातिप्राप्त चिकित्सकहरुले सात दिनसम्म महोत्सवस्थलबाट निशुल्क उपचार सेवा उपलब्ध गराउनेछन्।

‘हामीले कम्तीमा दैनिक दुई हजार जनाको स्वास्थ्य परीक्षण गर्ने गरी तयारी गर्दैछौं’, शर्माले मंगलबार पत्रकारहरुसँग भने ‘महोत्सवस्थलमा प्याथोलोजी, रेडियोलोलीका सेवासमेत उपलब्ध हुनेछ ।’ उनका अनुसार दलहरु भन्ने बित्तिकै भोट माग्ने, नारा लगाउने, झडप गर्ने चित्र सबैको अाँखा अघि आउने गरेको छ । ‘यस्ता कार्यक्रममार्फत हामीले राजनीतिको पुर्नसंरचना गर्न सक्छौं भन्ने लागेको छ’, उनले भने।

सात दिनसम्म चल्ने महोत्सवका लागि राजधानी, धरान, भारत  र बेलायतमा रहेका चिकित्सकहरुले समय दिइसकेको उनले बताएका छन्। उनीहरुले निशुल्क सेवा दिने छन्।
‘हामी धेरै औषधिहरु पनि निशुल्क दिनेछौं’, शर्माले सुनाए ‘महोत्सवमा २० हजार जनाको स्वास्थ्य परीक्षण र उपचार तथा प्लस टु पढ्दै गरेका कम्तीमा १ हजार विद्यार्थीको रक्त समूह पहिचान पनि गरिनेछ।’ महोत्सव आयोजनाका लागि काँग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीको संयोजकत्वमा ५ सय ३७ सदस्यीय समिति गठन भएको छ। 

महोत्सवमा सर्वसाधारणको उपचार र परीक्षण मात्रै हुनेछैन, जनस्वास्थ्यसँग सम्बन्धित विषयहरुमा प्यानल डिस्कसनहरु पनि हुनेछ । ‘स्वास्थ्य क्षेत्रका विज्ञहरु, नीति निर्माण तहमा रहेका विभिन्न दलका नेताहरु राखेर स्वास्थ्य सम्बन्धी खरो बहस पनि हुनेछ’, शर्माले भने।

 

प्रकाशित: २८ मंसिर २०७३ १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App