नियात्रा

बाढी, चौफेरी र होलिया

शनिबार, २१ मङि्सर २०७६, ०९ : ०१ भीष्म उप्रेती

नेपालगञ्जमा पानी कमै पर्छ। तर जब पानी पर्छ घनघोर वर्षन्छ। २०७२ साउनको एउटा घनघोर वर्षापछिको एक दिन एउटा निमन्त्रणापत्र आयो फोटो प्रदर्शनीको। निमन्त्रणापत्र पढेपछि जयनारायण शाहजीको अन्तराल नामको संस्थाले किचेन हट होटेलमा आयोजना गरेको फोटो प्रदर्शनी हेर्ने उत्सुकता पलायो मनमा। म समय मिलाएर पुगेँ। प्रकृतिका अनुपम सौन्दर्य, प्रकृतिको बौलाहा रूप, मानिसको साहस, संघर्ष, पीडा र तिनीहरू बीचमै पनि फुलेका आशाका उज्यालो हेर्दै गएँ फोटाहरूमा। तर एक ठाउँमा पुगेपछि आँखा टक्क अडिए, पाइलाहरू जडवत् भए र सोचमग्न भयो मस्तिष्क। एउटा पूरै गाउँ डुबेको देखे बाढीमा। केही मानिसहरू रूखमाथि र केही मानिस झुपडीघरका छानामा चढेका देखेँ डुब्नबाट बच्न। केही भने आधा शरीर डुबेरै उभिएका पनि देखिन्थे। बस्तुभाउ पनि आधा डुबेका। बडो अनौठो र नमीठो लाग्यो, आँसुले रसायो आँखा। मानिसहरूको आँखा छलेर पुछेँ आँसु। क्याप्सन हेरेँ, ‘होलियामा बाढी।’ पत्रकार कृष्ण अधिकारीले खिच्नुभएको रहेछ फोटो।

बाँकी फोटाहरूलाई सर्सर्ती हेरेँ र फर्किएँ आफू बस्ने राष्ट्र बैंकको क्वार्टरतिर। तर त्यस फोटो र त्यहाँको जीवनको कारुणिकताले छोड्दै छोडेन। पछ्याइरह्यो जहाँ गए पनि। कृष्ण अधिकारी मैले चिनिरहेकै मित्र हुनुहुन्छ। मैले उहाँलाई मलाई पनि राप्तिपारि होलिया, नरैनापुर र गंगापुर लिएर जान भनेँ।
‘हुन्छ। कुन दिन जाने भन्नुहोला,’ उहाँले भन्नुभयो।

त्यसको दुई सातापछिको शनिबार। कृष्णजीसँगै म र मेरो छोरा समृद्ध लाग्यौँ राप्ति पारितिर। नेपालगञ्जमा आएदेखि नै मैले सुनेको र बुझेको कुरा के हो भने पूरै तराई भएको बाँके जिल्ला नै भएर पनि राप्तिपारि भनेपछि दुःखको पहाड हो। त्यहाँ मान्छेका लागि आवश्यक आधारभूत आवश्यकताको समेत परिपूर्ति कहिल्यै हुँदैन। वर्षा लागेपछि सदरमुकाम नेपालगञ्ज आउन सकिँदैन। आउनु नै प¥यो भने अभैm पनि दक्षिणतिर भारतको बाटो हुँदै बहराइच, रुपैडिया भएर आउनुपर्छ। त्यो पनि सजिलो छैन। राप्तिपारिको त्यस क्षेत्रमा स्वास्थ्यचौकी छैन। कोही बिरामी प¥यो भने औषधि गर्न सक्ने अवस्था हुँदैन। बिजुली बत्ती नभएकोले अँध्यारोको साम्राज्य छ। स्कुलहरूमा बस्ने डेस्कबेन्चको राम्रो व्यवस्था त छैन, वर्षा लागेपछि घर, स्कुल सबै डुबानमा पर्छन् र सबै हिलोपानीमा पौडी खेल्न थाल्छन्। हिलो र फोहोर पानी त्यहाँका मानिसका लागि सहयात्री जस्ता हुन्। के खाने ? कहाँ पकाउने ? कहाँ सुत्ने ? कहाँ दिसापिसाब गर्ने ? कहाँ नुहाउने ? यी सबै अनुत्तरित प्रश्न हुन्। पहिलोपटक त्यस दिन राप्तिपारि होलियातिर जाँदा बाटोभरि मेरो मस्तिस्कमा यिनै प्रश्न घुमिरहे।

३ बजेर पनि अगाडि गइसकेको समयलाई पछ्याउँदै हामी फर्कियौँ। बाटोभरि चौफेरी र होलियाका उत्साह र स्वप्नविहीन उदास आँखाहरूले पछ्याइरहे। सोचेँ, राज्यका लागि यी उदास मानिसहरू पाँच वर्षमा एकपटक सम्झँदा पुग्ने केवल भोट मात्र हुन्।

बाटोमा कृष्णजीको इसारा पाए मैले एउटा घर अगाडि गाडी रोकेँ। कृष्णजी ओर्लेर त्यस घरभित्र पस्नुभयो। एकछिनपछि उहाँ एकजना अधबैंसे पुरुषसँग आउनुभयो। हामीले चिनाजानी ग¥यौँ। उनी स्थानीय समाजसेवी, अगुवा तथा राजनीतिक कार्यकर्ता समेत रहेछन्। नाम राजकुमार शुक्ला। कृष्णजीका पुराना चिनजानका उनी पनि हामीसँगै जाने भए।

घाम लागेको थियो। अझ भन्नुपर्दा तीन, चार दिनदेखि पानी परेको थिएन। त्यसैले कच्ची बाटोमा लैजान सकिने ठाउँसम्म जिप लिएर गयौँ। तर जुडुवा खोलामा बाटो बिराएर राप्ती आएर मिसिएर बनेको ठूलो विपद्पूर्ण नदी दुवै बाहुहरू पैmलाएर भेटेजति सबै ठाउँलाई सोहोर्दै बगेको देखेपछि गाडी अगाडि जानसक्ने अवस्थै थिएन। हामीले गाडीलाई एक छेउमा पार्किङ ग¥यौँ र खोलाको पश्चिमी किनारमा बाँधिएको तटबन्धमाथि उभियौँ।

‘ऊ पारि हो हामी जाने,’ कृष्णजीले देखाउनुभयो। ‘आम्मामा ! त्यहाँ कसरी जानु ?’ सामुन्ने खोला र त्यसपारिको काँसघारीलाई देखेर समृद्धले अचानक भन्यो। ‘जानु त पर्छ नि, बिस्तारै बिस्तारै,’ शुक्लाजीले भने। उनले खोलाको किनारमा बाँधेर राखेको डुंगाको मान्छे खोजे। नजिकैको छाप्रे गाउँबाट एकजना पुरुष आए डुंगा चलाउन।
‘बाबु, अब हामी यही डुंगा चढेर जाने,’ कृष्णजीले समृद्धलाई भन्नुभयो।

यात्रा गर्न खुबै मन गर्ने समृद्ध डुंगा चढेर जाने भनेको सुनेपछि झनै उत्सुक र उत्साहित भयो। कृष्णजीको सल्लाह अनुसार हामी सबैले हाफ पाइन्ट र चप्पल लगाएर आएका थियौँ। अब चप्पल लगाएर पारि भासजस्तो परेको र हिलैहिलो भएको काँसघारीमा हिँड्न सकिने अवस्था समेत देखिएन।

हामी चिप्लेर लडिन्छ कि भन्ने डरलाई मनमा र चप्पललाई हातमा बोकेर बल्लबल्ल डुंगा भएको ठाउँसम्म पुग्यौँ। डुंगा चालकले डुंगा बाँधेको डोरी फुकाए र डुंगालाई खियाउन थाले। पाँच, सात मिनेटपछि हामी खोलाको बगरमा पुग्यौँ।
‘चप्पल डुंगामै छोड्नु होला, हराउँदैन। पछि हामी यसैमा जाने हो,’ शुक्लाजीले भने।

अब यो काँसघारीमा हिलैहिलोमा खाली खुट्टै हिँड्नुपर्ने। खुट्टा काट्ने हो कि ! चिन्ताले मुन्टो उठायो। समृद्ध भने हिँडिहाल्न चाहन्थ्यो। ११ वर्षको उसका लागि यो सर्वथा नौलो अनुभव थियो। हामी हिँड्यौँ काँसघारीभित्रको गोरेटो पहिल्याउँदै। त्यहाँ पनि कुलोजसरी पानी कुदेको थियो। हाफपाइन्टलाई समेत तान्न मिल्ने जति माथि तानेर हिँड्यौँ। तैपनि अलिअलि त भिजिहाल्यो। घाम लागेको थियो एकछिनमा सुक्यो पनि। एउटा बगरको काँसघारी काटेपछि एकदम सुक्खा खेत भेट्यौँ। पटपटी फुटेका खेतका गराहरूमा अलिअलि धान रोपेको थियो। तीन–चारवटी महिला र केही पुरुषहरू त्यस्तै ठाउँमा धान रोप्दै पनि थिए। मलाई नजिकै खोला बगिरहेको र यहाँ बाली लगाएको खेतको यस्तो अवस्था देखेर भाउन्न भएर आयो। मन साह्रै अमिलो भयो। आँखा रसायो। तर केही भनिनँ, हिँडिरहेँ।

फेरि अर्को काँसघारी र कुलोजस्तो फोहोर पानीमा डुब्दै हिँडेपछि एउटा सानो बस्तीमा पुग्यौँ। स्वप्नविहीन उदास आँखाजस्तो यो बस्तीमा पनि कुनै उत्साह, आकांक्षा र जाँगर केही भएजस्तो लागेन। मानिसहरूको चहलपहल पनि खासै देखिएन। कुनै–कुनै छाप्रोमा स–साना केटाकेटी खेलेका देख्यौँ। केही गाईवस्तु बाँधेका देख्यौँ। कुनै कुनै घरमा महिला र बूढाबूढी त्यत्तिकै बसिरहेका देख्यौँ।

शुक्लाजीलाई सबैले चिन्दा रहेछन्। उनीहरूले अभिवादन गरे। हामी एउटा गोठजस्तो घरमा पुग्यौँ। घरभित्रसम्म पसेको पानी घट्दै गएर भर्खरै सुक्न लागेको जस्तो थियो। त्यहाँ बस्ने कुनै राम्रो व्यवस्था थिएन। तैपनि घरका बालबच्चाले एउटा डोरीले बनाएको खटिया राखिदिए। खटियामाथि हामी सुरक्षित भयौँ। तर खुट्टाभरि हिलैहिलो भएकाले खुट्टालाई खाटमाथि राख्नसक्ने अवस्था थिएन। मलाई खटियामा बसेको बेलामा पनि संकोच लागिरह्यो। मैले आपूmसँग भएको दुई प्याकेट बिस्कुट तिनैलाई दिएँ। उनीहरू हामीलाई चिया, खाजा खुवाउन चाहन्थे। यस्तो आपद् र संकटमा परेको बेलामा पनि अतिथि सत्कारका लागि तम्तयार तिनलाई देख्दा मेरो गह भरिएर आयो। मानिसहरूमा जस्तै दुःख पर्दा पनि पाहुनालाई मान्ने मानवीय भावना तथा संस्कार अभैm बाँकी छ। हाम्रो सभ्यताले दिएको यो संस्कार यसरी नै बाँचिरहोस् युगयुगसम्म।

‘बाढी आएको बेलामा कसरी बस्नुहुन्छ यहाँ ?’ त्यस घरका पुरुषलाई सोधेँ। ‘सुत्न पाउने त कुरै छैन। खटियामाथि बस्ने। अलि अग्लोमा बस्ने। घरको छानोमा वा रुखमा चढ्ने,’ उनले भने। ‘खोलामा पानी बढ्न थालेपछि सुरक्षित ठाउँमा सर्न सूचना दिने गरेको छ। तैपनि मानिसहरू यहीँ बस्छन्,’ कृष्णजीले भन्नुभयो।

‘खाने, बस्ने केही नहुने यस्तो बिजोग छ यहाँ। सूचना पाएपाछि किन सर्दैनन् मान्छेहरू ?’ सोधेँ। ‘अब कहाँ जानु, यहीँको माया लाग्छ। बाढी आएन भने त फेरि हामीले कसरी हेलिकप्टर चढ्न पाउने त ? चढ्नै पाउँदैन। ठिकै छ,’ उनले भने।
उनको कुराले मेरो गला भरिएर आयो। धन्न विनाश बोकेर बाढी आउँछ र यिनले राहत पाउँछन्, हेलिकप्टर चढ्छन्। हाम्रो सामाजिक–आर्थिक अवस्था ! कठै ! मैले उनको अनुहारमा नियालेर हेरेँ। उनी फिस्स हाँसे।

चिनी हालेको रातो चिया पियौँ। त्यसपछि शुक्लाजीले हामीलाई अझ अगाडि लैजाने भए। गुजुमुज्ज परेको चार–पाँचवटा छाप्राहरूको एउटै आँगन थियो। आँगनमा हिलो बाँकी नै थियो। ‘दुई दिन अघिसम्म त यहाँ घरभित्र पूरै पानी थियो। अहिले सुकेर यति भाको,’ शुक्लाजीले भने।

त्यही हिलो आँगनमा गाईवस्तु सुतिरहेका थिए। उनीहरूको गोबर त्यहीँ असरल्ल थियो, गन्हाइरहेको थियो। घरको पिँढीमा अलि अग्लो ठाउँमा बूढाबूढी गुन्द्री ओछ्याएर सुतेका थिए। भ्यागुता घरको वरिवरि नै कराइरहेका थिए। हिलोको एक किसिमको नमीठो गन्ध वातावरणभरि नै थियो। त्यहाँका मान्छेको जीवन र स्वास्थ्य अवस्था देखेर धेरै दया लागेर आयो। तर गर्न सकिने केही थिएन। ‘खोलाको निकास छैन र ? यसरी यो क्षेत्रै पूरै डुबाउनलाई ?’ सोधेँ।

‘यहाँ दक्षिणमा नजिकै सिमाना छ। सिमानाको तीन–चार सय मिटर उता भारतले लक्ष्मणपुर बाँध भनेर चिनिने ठूलो अग्लो बाँध बनाएको छ। त्यस बाँधमाथि १५ मिटर फराकिलो पिच बाटो बनाको छ। यो बाँध रुपैडियादेखि जमुनाहासम्म ३५ किलोमिटर लामो छ। त्यसले यताको खोलामा आएको बाढी र अरु पानी सबैलाई थुनेर राख्छ। अनि त पानी प¥यो कि गाउँ डुबिहाल्छ,’ शुक्लाजीले भने।
‘सरकारलाई भन्नुभएन ?’

‘किन नभन्नु सर। सिडियोलाई कति भन्यो, सरकारलाई कति भनिसक्यो, सबै गरिसक्यो। सबैलाई थाहा छ, कसैले सुन्दैन, केही हुँदैन। उनले निराश स्वरमा भने। पहिला कराउँदाकराउँदा इन्डियाले तीन–चार ठाउँमा पुल हालिदिएको थियो, अहिले त्यो पनि थुनिदियो। पानी जाने ठाउँ छैन।’

शुक्लाजीले हामीलाई अभैm १५ मिनेटजति दक्षिणपूर्वतिर लगे। हिलोमाटोमा ग्याजग्याज टेक्दै हामी तीनभाइ उनको पछिपछि हिँडिरह्यौँ। हामी चौफेरी भन्ने ठाउँको एउटा स्कुलमा पुग्यौँ। स्कुल त पक्की भवनको थियो। तर भुइँतल्लाभरि बाढीले ल्याएको हिलो जमेको। बाहिर चउरभरि हिलैहिलो र फोहोर। हामी स्कुलको दुईतले भवनको छतमा गयौँ। त्यहाँबाट देखिने जति सबै यस्तै थियो।

‘यहाँ धेरै अन्न फल्थ्यो। मानिसहरूले धेरै आम्दानी गथ्र्यो। इन्डियाले बाँध बाँधेपछि सबै खत्तम। सबै गरिब भयो,’ एकजना स्थानीयले भने। उनको बोलीमा क्षोभ, दुःख एवं चरम निराशा थियो। मैले सुनेँ मात्र। तर मान्छेको सपना र अस्मिताको चिरहरण हेरिरहेँ अवाक् भएर। मलाई लाग्यो, त्यो स्कुल ज्ञानको केन्द्र हो र त्यो नै डुबेको छ हिलो र फोहोरको आहालमा। त्यसले कसरी बाल्छ यस चौफेरीभरिको अँध्यारो काट्ने उज्यालोको दियो ?

‘तिमी थाक्यौ समृद्ध ?’ कृष्णजीले सोध्नुभयो। ‘छैन अंकल,’ उसले छोटो जवाफ दियो र मतिर फर्केर भन्यो, ‘मानिसहरू यसरी पनि बाँच्दा रहेछन् है बाबा ?’ मैले ‘हो’ भनेँ उसलाई र आपैmँलाई चाहिँ भनेँ, ‘यस्तोलाई पनि बाँचेको भन्नुपर्ने अवस्था छ हामीसँग। हरे !’

३ बजेर पनि अगाडि गइसकेको समयलाई पछ्याउँदै हामी फर्कियौँ। बाटोभरि चौफेरी र होलियाका उत्साह र स्वप्नविहीन उदास आँखाहरूले पछ्याइरहे। सोचेँ, राज्यका लागि यी उदास मानिसहरू पाँच वर्षमा एकपटक सम्झँदा पुग्ने केवल भोट मात्र हुन्।






यसमा तपाईको मत

अन्य समाचार

गेमिंग ल्यापटप खरिद गाइड

गेमिंग ल्यापटप खरिद गाइड

२०२० मा कस्तो गेमिंग ल्यापटप किन्ने ? ...

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । ...

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकले रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा शाखा विस्तार गरेको छ । ...

अनलाइन जब फेयर आयोजना हुने

अनलाइन जब फेयर आयोजना हुने

आस्कमी म्यानेजमेन्टले यही माघ १५ र १६ गते दुईदिने ‘भर्चुअल जब फेयर’ सञ्चालन गर्ने भएको छ । ...

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

गत माघ १० गतेबाट सुरु भएको तीनदिने ११औं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । ...

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

Ncell Footer Ad