coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्घटनामा ५ को मृत्यु ९ घाइते

काठमाडौं–मंगलबार भएका बेग्लाबेग्लै दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका–६ नेपालगंज रोडमा लु.१ ख ९२९१ नम्बरको टिपरले लु.१७ प ५२०६ नम्बरको स्कुटीलाई मंगलबार ठक्कर दिँदा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। स्कुटीचालक स्याङजा, बिचारी चौतारा बस्ने ३४ वर्षीय रमन थापाको लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।

सुर्खेत बीरेन्द्रनगर नगरपालिका–३ स्थित सडकमा ना.३ ख ७६९१ नम्बरको बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। गम्भीर घाइते भएका पैदलयात्री बीरेन्द्रनगर नगरपालिका–४ बस्ने १५ वर्षीय दिपेश थापाको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते अन्य तीनजनाको उपचार भैरहेको छ।
    
धादिङ पिडा–२ घाटवेशीस्थित पृथ्वी लोकमार्गमा ना.३ ख १७८६ नम्बरको टिपर र बा.२४ प ९६२८ नम्बरको स्कुटर आपसमा जुधेर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। गम्भीर घाइते स्कुटर चालक धादिङ, बैरेनी–७ की ४२ वर्षीया चापामाया ढुङगानाको उपचारको क्रममा मृत्यु भएको हो।

धादिङ थाक्रे–३ स्थित पृथ्वी लोकमार्गमा ना.३ ख ८१८६ नम्बरको कन्टेनरले बा.५१ प १३८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चिसापानी बस्ने ४० वर्षीय कान्छा गुरुङको मृत्यु भएको छ।

नवलपरासी कावासोती नगरपालिका–३ स्थित महेन्द्र राजमार्गमा लु.३ त ५१७० नम्बरको ट्याक्टरको  ठक्करबाट पैदल यात्री कावासोती–१६ बस्ने १४ वर्षीय सुवाष बिकको मृत्यु भएको छ।

उदयपुर सिरिसे–९ स्थित सिद्धिचरण राजमार्गमा ना.४ ख ७४३४ नम्बरको बस मंगलबार अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार ९ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारको लागि कटारी अस्पताल लगिएकोमा गम्भीर अवस्थामा रहेका ४ जनालाई थप उपचारको लागि धरान घोपा पठाइएको प्रहरीको दैनिक बुलेटिनमा उल्लेख छ।

प्रकाशित: २८ मंसिर २०७३ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App