८ वैशाख २०८१ शनिबार
अर्थ

फिनल्यान्ड र युनिसेफले ८० लाख युरो दिने

काठमाडौं – आगामी तीन वर्षसम्म नेपालका बालबालिका लागि आवश्यक शिक्षा, सरसफाइ तथा स्वच्छ पिउने पानीको पहुँच पु-याउन युनिसेफ नेपाल र फिनल्यान्ड राजदूतावासले नेपाललाई ८० लाख युरो अर्थात् करिब एक अर्ब ८० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। यी दुई निकायले शुक्रबार यससम्बन्धी एक साझेदारी सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ।

सम्झौतामा फिनल्यान्डका राजदूत पर्टी एन्टिनेन र युनिसेफका नेपाल प्रतिनिधि इल्क विसचले हस्ताक्षर गरेको शुक्रबार जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ। नेपालको ७१ प्रतिशत घरधुरीले प्रयोग गर्ने खानेपानीको स्रोत दूषित भएको सन्दर्भमा यो सम्झौताअन्तर्गत सफा खानेपानीको पहुँचमा अभिवृद्धि हुने विश्वास गरिएको छ। यो सम्झौताअन्तर्गत शिशु आधारभूत औपचारिक शिक्षा र किशोरहरूका लागि अनौपचारिक शिक्षामा सहयोग पुरयाइनेछ।

प्रकाशित: २१ मंसिर २०७६ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App