७ वैशाख २०८१ शुक्रबार
समाज

कृष्ण दासको अनुसन्धान गर्न थप सात दिन म्याद

इटहरी – बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीमाथि अनुसन्धान गर्न थप सात दिनको म्याद थपिएको छ। जिल्ला अदालत सुनसरीका न्यायाधीश खिमानन्द भुसालको एजालसले अनुसन्धानका लागि शुक्रबार सात दिनको म्याद थपेको हो। प्रहरीले म्याद थप गराउन शुक्रबार गिरी उपचाररत विराट नर्सिङ होम विराटनगर लिन पुगेको थियो। सो क्रममा गिरी प्रहरीको गाडीमा चढ्न नमानेकाले प्रहरीले एम्बुलेन्सबाटै अदालतमा उपस्थित गराएको थियो।

अदालतले अस्पतालमै उपचार गराई अनुसन्धान गर्न आदेश दिएपछि अब प्रहरीले बयान लिन थाल्ने डिएसपी शर्माले बताए। ‘पहिलोपटक थपिएको म्यादभित्रै बयान लिन खोजे पनि चिकित्सकले स्वास्थ्य सुधार नभएसम्म नलिन भनेपछि पख्र्यौं, अब भने हस्पिटलमै गएर बयान लिइनेछ,’ शर्माले नागरिकसँग भने। गिरीले कात्तिक ४ गते आफ्नै एक अनुयायी महिलालाई आश्रममा बोलाएर बलात्कार गरेको अभियोग लागेको छ। घटनाबारे सुरुमा काठमाडौं प्रहरी परिसरमा उजुरी परेको थियो। त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले घटनाबारे अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जिम्मा दिएको हो।

बराहक्षेत्रलाई धार्मिक तीर्थस्थलको रूपमा विकास गर्दै हरित क्रान्ति, गौपालन, आयुर्वेद विश्वविद्यालय, योग केन्द्र, जडिबुटी प्रशोधन र उत्पादन गर्ने योजनासहित चतरा आश्रममा बस्दै आएका गिरीविरुद्ध फौजदारी अपराधको दोष लागेको यो पहिलो होइन्। उनी यसअघिदेखि थुप्रै प्रकारका विवादमा पर्दैै आएका थिए। तर पछिल्लो समय प्रहरीमा उजुरी नै परेर बलात्कार आरोप लागेपछि सिद्धबाबाको धर्मभित्रको कुकृत्य उदांगो हुन पुगेको हो।

प्रकाशित: २१ मंसिर २०७६ ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App