coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

परिवर्तन हुँदै रौनियार समुदाय

काठमाडौं - मधेसी समुदाय अन्तर्गत रौनियार जातिका युवायुवतीमा रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले एमी इन्टरटेन्मेन्टले पहिलोपटक  ‘मिस्टर एन्ड मिस रौनियार २०१९’ को आयोजना ग¥यो। सधैं छोरीचेलीलाई पर्दाभित्र राख्ने यो समुदायका अभिभावक छोरीलाई खुलेरै सुन्दरी प्रतियोगितामा सहभागिता गराएको देख्दा उपस्थित अन्य समुदायका सहभागी समेत अचम्ममा परे।

प्रतियोतिगामा निर्णायकका रूपमा रहेका कोरियोग्राफर  एवं नायक प्रशान्त ताम्राकारले रौनियार समुदायले छोरीचेलीलाई गर्ने व्यवहारमा सकारात्मक परिवर्तन भएको भन्दै प्रशंसा गरे। ‘मेरो बाल्यकाल रौनियार  साथीहरूसँगै बित्यो। म उनीहरूसँगै हुर्कें। तर त्यो समयमा छोरीचेलीहरू घरभित्र मात्रै हुन्थे,’ उनले भने, ‘तर आज त्यही समुदायका छोरीहरू मोडलिङको दुनियाँमा कदम राखेर सुन्दरी  प्रतियोगिता नै आयोजना गरेको देख्दा खुसी लाग्यो।’

आमबुुवा आफैँले छोरीलाई सुन्दरी प्रतियोगितामा सहभागिता गराएको देख्दा अब मधेसी समुदायमा सकारात्मक परिवर्तन भएको ताम्राकारको भनाइ छ। प्रतियोगितामा विभिन्न ठाउँबाट ६० रौनियार युवायुवतीले आवेदन दिएका थिए। जसमध्ये १२ महिला र १२ पुरुष गरी २४ जना  छनोटमा परेका थिए।

पहिलो मिस रौनियारको ताज प्रिया रौनियारले पहिरिन् भने पुरुषतर्फ मिस्टर रौनियारको ताजा आशिष रौनियारले पहिरिएका छन्। त्यस्तै महिलातर्फ प्रथम रनरअप जानवी गुप्ता र दोस्रो रनरअप एञ्जल रौनियार बनिन्। पुरुषतर्फ पहिलो रनरअप रोहित रौनियार र दोस्रो रनरअप मोहित रौनियार बनेका छन्।

उक्त प्रतियोगिताको निर्णायकमा फोटोग्राफर सञ्जय रौनियार, नायिका सञ्चिता लुँटेल, नायक तथा कोरिओग्राफर प्रशान्त ताम्राकार, गायक सचिन रौनियार र कोरिओग्राफर गोबिन्द राई थिए। प्रतियोगितामा छोरालाई सहभागी गराउन कुनै समस्या नरहे पनि छोरीलाई सहभागिता गराउन भने निकै चुनौती भएको आयोजक समितिका भरत रौनियारले बताए।

‘अभिभावकमा अझै पनि छोरीलाई सुन्दरी प्रतियोगितामा सहभागी गराउँदा इज्जत घट्ने भन्ने सोच कायमै रहेको छ,’ भरतले भने ‘प्रतियोगितामा काठमाडौंसम्म पठाउन समेत अभिभावकले मानेकै थिएनन्। तर, हामी सबै युवा मिलेर सामाजिक सञ्जालबाट प्रचार–प्रसार गर्दै रौनियार अभिभावकको घरमै गएर कार्यक्रमबारे बुझाएपछि पठाउन सहमत हुनुभएको थियो।’

सबै सुरक्षाको जिम्मेवारी समेत आयोजकले लिएको थियो। मिस रौनियारको ताज विजेता प्रिया रौनियारका बुवा विनोद रौनियारले छोरीको प्रगतिले जीवनमा सबैभन्दा सुखद् क्षणको अनुभव गराएको सुनाए।

प्रकाशित: २१ मंसिर २०७६ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App