coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

दुलही शृंगार

विवाहमा दुलहीको शृंगारलाई विशेष महŒवका साथ हेरिन्छ। यसका लागि दुलहीले मात्र नभएर, घर–परिवारले नै विशेष ध्यान दिन्छन्, कतिपयले मेकअप स्टुडियो र मेकअप आर्टिस्टको सहारा लिन्छन्। नर्मल तर नेचुरल ब्युटी देखिने खालको मेकअप नै अहिले चलनचल्तीमा छ। मेकअप गर्दा विशेषतः दुलहीको अनुहारको चमकमा ध्यान दिइन्छ।

मेकअपमा धेरै खालका कलरको प्रयोग हुन्छ। दुलही शृंगार (ब्राइडल मेकअप) हाम्रो संस्कृतिसँग पनि जोडिएको हुन्छ। हामीकहाँ आ–आफ्नो समुदाय र संस्कृति अनुसार पनि शृंगारमा केही फरकपन पाइन्छ। ग्लोटुग्लो मेकअप फोटो स्टुडियोकी मेकअप एन्ड हेयर आर्टिस्ट विनिता शाहका अनुसार, ब्राइडल मेकअपमा दुलहीको धर्म–संस्कृतिलाई पनि ख्याल गरिन्छ। धर्म र जातजाति अनुसार दुलहीले शृंगारमा प्रयोग गर्ने कलर पनि फरक हुन्छ। जस्तोः हिन्दु धर्मावलम्बी दुलहीले रातो टीका, चुरा र लिपस्टिक लगाउनैपर्छ। अन्य केही जातिले रातो लगाउन रुचाउँदैनन्। जुनसुकै धर्म–संस्कृतिकी दुलही भए पनि उसको रोजाइसँगै उसको छालाको प्रकृति, शरीर र अनुहारको बनावट सुहाउँदो शृंगारमा ध्यान दिइन्छ। पछिल्लो समय, दुलहीको शृंगारमा भारतीय संस्कृतिको पनि प्रभाव देखिन्छ।

विवाहको दिनमा दुलहीको मेकअपमा विशेषतः रातो रंग बढी प्रयोग गरिन्छ। रिसेप्सनमा भने रातो रंग नै प्रयोग गर्नुपर्छ भन्ने सोचमा परिवर्तन आएको छ।

इन्गेजमेन्ट र रिसेप्सन
इन्गेजमेन्टको दिन दुलाहा पक्षका केही मानिस आउँछन्। यो दिन दुलहीको पहिरनसँगै शृंगारमा ध्यान दिनुपर्छ। शृंगारमा हेयर स्टाइल, जातिगत संस्कृतिको पनि ख्याल गरिन्छ। अहिले बजारमा रसियन हेयर डु (कपाल शृंगारको एक डिजाइन) टे«न्डमा छ।

विवाहको दिनमा आगोको राप र धुवाले दुलहीको अनुहारमा असर गर्न सक्छ भने रिसेप्सनको दिन नाचगानले गर्दा पसिना आउन सक्छ। पसिनाले मेकअप बिग्रन सक्छ। विवाहको दिनभन्दा रिसेप्सनको दिन दुलहीलाई हेभी मेकअप गरेको राम्रो मानिन्छ। दुलहीको एक्स्ट्रा लुक देखिने मेकअप गरिन्छ। मेकअप सामग्री गुणस्तरीय हुनुपर्छ। विवाहको दिनमा दुलहीको मेकअपमा विशेषतः रातो रंग बढी प्रयोग गरिन्छ। रिसेप्सनमा भने रातो रंग नै प्रयोग गर्नुपर्छ भन्ने सोचमा परिवर्तन आएको छ। दुलहीको रोजाइ अनुसार, उसलाई सुहाउने मेकअप गर्नुपर्छ।

मेहेन्दी फंक्सन
पछिल्लो समय हामीकहाँ मेहेन्दी फंक्सन ट्रेन्डमा छ। यसमा ‘फ्लावर थिम’ हुन्छ। त्यहीँ अनुसारको नै मेकअप हुन्छ। यसमा पनि फ्रेस लुकको पहिलो प्राथमिकता हुन्छ। फ्रेस, योङ र ग्लो देखिनुपर्ने हुन्छ। मेहेन्दी फंक्सनमा धेरै मानिसको उपस्थिति नहुने भएकाले दुलहीको सामान्य मेकअप नै गरिन्छ। पछिल्लो समय हातखुट्टामा मेहेन्दी लगाउन पनि भारतीय फेसन र संस्कृतिको प्रभाव देखिएको छ।

दुलही शृंगार (ब्राइडल मेकअप) हाम्रो संस्कृतिसँग पनि जोडिएको हुन्छ। हामीकहाँ आ–आफ्नो समुदाय र संस्कृति अनुसार पनि शृंगारमा केही फरकपन पाइन्छ।

प्रि–ब्राइडल मेकअप
अहिले प्रि–ब्राइडल मेकअप (दुलही हुनुअघि टेस्ट गरिने मेकअप) को माग बढ्दै गएको छ। दुलहीलाई कस्तो पहिरनमा कस्तो मेकअप सुहाउँछ भनी चेक गर्न र फोटो सुटका लागि यो मेकअप गरिन्छ। यसमा दुलहीको क्रेज बढेको धेरै समय भएको छैन। यतिबेला दुलहीले सुहाउँदो पहिरनसँगै आइस्याडो, नेलपोलिस, टीका, चुरा लगायतमा पिन्क, ओरेन्ज, एल्लो, ब्लु जस्ता लाइट कलरका सौन्दर्य सामग्री प्र्रयोग गर्छन्। यी कलरले दुलहीलाई फ्रेस देखाउँछ।

रसियन हेयर डु
दुलहीको कपालको डिजाइन पहिरन अनुसार नै गरिन्छ। दुलहीले लगाएको सारीमा ‘जुरो’ नै सहज हुन्छ। पछिल्लो समय इन्डियन मोर्डन हेयर स्टाइल, हेभी ब्राइडल जुरो दुहलीको रोजाइमा छ। इन्गेजमेन्ट र रिसेप्सनमा भने दुलहीले प्रायः लेहेँगा लगाउने हुँदा स्टाइलिस हेयर डु नै राम्रो देखिन्छ। लेहेँगा र अनारकली (कुर्था)मा वेस्टर्न र रसियन हेयर डु नै नेपाली दुलहीलाई सुहाएको पाइएको छ। भर्खर मात्रै नेपालमा भित्रिएको यो हेयर स्टाइल अहिले संसारमै सर्वाधिक रुचाइएको छ।

सादा घुम्टी
दुलहीको घुम्टीबारे बताइरहनुपर्दैन, दुलहीले अनुहार छोपिने गरी विभिन्न प्रकारका घुम्टी ओड्छन्। आकर्षक र सितारा, पत्थरजडित दुलहीका घुम्टी अहिले ट्रेन्डमा छ। यस्ता घुम्टी अलि भारी हुने भएकाले एक त दुलहीको अनुहार प्रस्ट देखिँदैन, अर्को दुलहीलाई थकित पनि बनाउँछ। त्यसैले दुलहीका लागि सादा घुम्टी नै उपयुक्त हुन्छ। यसमा दुलहीको फोटो पनि राम्रो आउँछ।

दुलही शृंगार
पछिल्लो समय विवाह धेरै दिनको हुने भएकाले दुलही शृंगार प्याकेजमा गर्ने गरिन्छ। मेकअप एन्ड हेयर आर्टिस्ट विनिता शाहका अनुसार, दुलहीको शृंगारको प्याकेज हेरी न्यूनतम १७ हजारदेखि ३० हजार रुपैयाँसम्म खर्च लाग्छ। ‘पहिला बिहेका लागि मात्र भनेर एक दिनको बुकिङ हुन्थ्यो,’ उनले भनिन्, ‘त्यसपछि रिसेप्सनको पनि बुकिङ हुन थाल्यो। अहिले एक दुलहीको इन्गेजमेन्टदेखि फोटो–सुटसम्म (चार–पाँच दिन) बुकिङ गरिन्छ। यसमा मानिसहरूको इच्छा र चेतना बढ्दै गएको छ।’

विशेषतः विवाहका बेला भविष्य लगायत धेरै कुरा सोचेर दुलहीहरु चिन्तित हुन्छन्। त्यही चिन्ताले अनुहारमा डार्क सर्कल र डन्डीफोर आइदिन्छ। अनुहारको स्याहार गर्न विवाह नै कुर्नुपर्छ भन्ने छैन। बेलाबेला आफ्नो शरीरको स्याहार गरिरहनुपर्छ। तर, आफ्नो छाला सुहाउँदो सौन्दर्य सामग्री प्रयोग गर्नुपर्छ। बजारमा पाइने विभिन्न सौन्दर्य सामग्रीका कारण कहिलेकाहीँ छालामा समस्या पनि देखिन सक्छ, त्यसैले बेलाबेला डाक्टरको पनि सल्लाह लिनुपर्छ।  

प्रकाशित: २१ मंसिर २०७६ ०१:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App