coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हवाई कारबाहीमा १५ विद्रोही मारिए

कान्दाहार- अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार र हेलमण्डमा बिहीबार तालिबानी लडाकू लुकेर बसेका इलाकालक्षित अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १५ लडाकू मारिएका छन्।  बिहीबार अपराह्न कान्दाहार प्रान्तको नेश जिल्लामा गरिएको हवाई कारबाहीमा नौ लडाकू मारिएका थिए।  त्यसैगरी हेलमण्ड प्रान्तका नहर ए साराज जिल्लामा भएको हवाई कारबाहीमा ६ तालिबान लडाकू मारिएका छन्।

उक्त प्रान्तहरुमा सक्रिय रहेका तालिबानी लडाकू समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । हेलमण्ड र कान्दाहार तालिबानी लडाकू समूहको बलियो प्रभाव रहेको प्रान्त मानिन्छ। तर हाल सुरक्षाबलले पटक पटक यी लडाकू विरुद्ध गरेको कारबाहीको क्रममा सो प्रान्तका कैयौं भागमा सरकारको नियन्त्रणमा आएको अफगान सुरक्षाबलको दाबी रहेको छ। सिन्हवा

प्रकाशित: २० मंसिर २०७६ १४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App