‘नेतासँग प्रविधिबारे ज्ञान नभए विकास निर्माणले गति लिन सक्दैन’

शुक्रबार, २० मङि्सर २०७६, १९ : ०८ नागरिक

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले राजनीतिक व्यक्तिसँग प्रविधिसम्बन्धी ज्ञान नभए विकास निर्माणका कामले गति लिन नसक्ने बताएका छन्।
उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय जलस्रोत तथा सिंचाई विभागले शुक्रबार आयोजना गरेको ‘पूर्वाधार विकास बहस’ कार्यक्रममा मन्त्री पुनले पुर्वाधारको विकास बिना समृद्धि सम्भव नहुने र त्यसका लागि राजनीतिज्ञसँग ज्ञान हुन आवश्यक भएको बताए।

उनले राजनीतिक व्यक्तिले प्राविधिक विषयमा न्यूनतम ज्ञान नराख्ने हो भने कुनैपनि आयोजना अगाडी बढ्न गाह्रो हुने बताए। उनले जलविद्युत क्षेत्रमा ड्याम र सुरुङको डिजाइन बनाउने काम महत्वपूर्ण भएपनि दक्ष जनशक्ति नेपालमा नभएको बताउनुभयो । मन्त्री पुनले सुरुङ र ड्याम निर्माण गर्ने, डिजाइन गर्ने जनशक्ति तयार गर्न सरकारले ध्यान दिएको बताए।

मन्त्री पुनले जलविद्युत र खानेपानी क्षेत्रमा सुरुङ निर्माणको काम राम्रो भएपनि यातायात क्षेत्रमा निर्माण हुन नसकेको बताए। सरकारले पछिल्लो समय विभिन्न सुरुङ मार्गको निर्माण गर्न लागेकाले त्यस क्षेत्रमा पनि केही वर्षमा पुर्वाधार र जनशक्ति दुवै तयार हुने उनले बताए।






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad