४ वैशाख २०८१ मंगलबार
खेल

बिएफटिसी आमन्त्रित फुटबलमा डागिहाट बाहिरियो

म्याङलुङमा शुक्रबार देखि दोस्रो बिटी एफ सि आमन्त्रीत फुटबल प्रतियोगिताको सुरु । भगिश्वर/नागरिक

तेह्रथुम- चासोक तङनाम तथा उद्यौली पर्वको अवसरमा सदरमुकाम म्याङलुङमा शुक्रबारदेखि दोस्रो बिटी एफ सि आमन्त्रित फुटबल प्रतियोगिताको सुरु भएको छ। प्रतियोगिताको उद्धघाटन खेलमा डागीहाट मोरङलाई ट्राईबकरमा पराजित गर्दै आयोजक टिम सेमिफाईनलमा प्रबेश गरेको छ।

घरेलु मैदानमा अत्यन्तै कडा प्रतिश्पर्दात्मक खेलको निर्धारित समयमा गोल हुन नसके पछि भएको ट्राईबेकरमा आयोजकले पाउना टोली डागीहाट मोरङलाई पराजित गरेपछि सेमिफाईनका लागि सिट सुरक्षित गरेको हो। आयोजकसँग पराजित भए पछि डागीहाट मोरङ सुरुमै खेलबाट बाहिरिएको छ।

प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका छन्। प्रतियोगिताको बिजेताले नगद ३ लाख र उप विजेताले १ लाख ५० हजारको साथमा कप मेडल प्रमणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष रामबहादुर तुम्बाहाङफेले बताए। यसैबीच खेलको उद्धघाटन सत्रमा प्रमुख अतिथी माननीय भवानी खापुङले खेलको विकासका लागि स्थानीय सरकारले समेत कार्ययोजना बनाउनु पर्ने बताए। उनले खेलकुद आयोजना गर्ने प्रतिष्ठान प्रतिलक्षित गरि दिर्घकालिन रुपमा प्रतियोगिता सञ्चालनका लागि समेत व्यवस्था गर्नु पर्ने सुझाब दिएका छन्।

कार्यक्रममा म्याङलुङ नगरपालिकाका मेयर सञ्जय कुमार तुम्बाहाङफले म्याङलुङ नगरपालिकाले समेत खेलकुदको बिकासका लागि सहयोग गर्ने बताए। यस्तै उद्धघाटन समारोहमा पुर्वसांसद तेजमान तुम्बाहाङफे, नेकपाका प्रतिनिधि भुपतिलाल श्रेष्ठ, नेपाली कांग्रेसका उपसभापति अर्जुन तुम्बाहाङफले, सहायक प्रमुख जिल्ला अधिकारी भक्त खड्का, पत्रकार महासंघ केन्द्रिय सदस्य उद्धव तिम्सिनाले भगिमानसिंह तुम्बाहाङफेको इतिहासलाई पछिल्लो पुस्ताले समेत बिर्सनु नहुने धारणा राखेका छन् । खेलकुद समापनको अबसरमा लिम्बुहरुको मौलिक पर्व चासोक तङनाम भव्य रुपमा मनाइने तयारी भईरहेको आयोजकले जनाएको छ।

प्रकाशित: २० मंसिर २०७६ १२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App