कतारमा कफला कानुनको अन्त्य, नेपालीलाई कस्तो पर्छ असर?

मङ्गलबार, २८ मङि्सर २०७३, १५ : ४५ मदन कोइराला  | @Mdkoirala

काठमाडौं–कतार सरकारले विवादित ‘काफला’ कानुन अन्त्य गर्ने घोषणा गरेको छ।  यो कानुन परिवर्तन भएको अवस्थामा कुनै पनि आप्रवासी कामदारले आफ्नो कम्पनी परिवर्तन गर्न कम्पनी मालिकको अनुमति लिनुपर्दैन।  काफला कानुन अन्त्यबाट करिब दश लाख नेपाली कामदार लाभान्वित हुनेछन्। 

‘कतारमा यो व्यवस्थालाई कफला सिस्टम भनिन्छ,’ श्रम विज्ञ डा. गणेश गुरुङले नागरिकन्युजसँग भने, ‘यो कानुन अन्तर्गत विदेशी कामदारलाई पशुको जस्तो व्यवहार गरिन्छ भने, एउटा कामका लागि भनेर लगेको कामदार अर्कै काममा लगाइन्छ। उनीहरुको सबै कागजपत्र जफत गरिन्छ।’ 

वर्तमान कानुन अनुसार कुनै पनि कामदारले कम्पनी परिवर्तन गर्न कम्पनी मालिकको अनुमति लिनुपर्ने हुन्छ। ‘कतारमा यो व्यवस्थालाई कफला सिस्टम भनिन्छ,’ श्रम विज्ञ डा. गणेश गुरुङले नागरिकन्युजसँग भने, ‘यो कानुन अन्तर्गत विदेशी कामदारलाई पशुको जस्तो व्यवहार गरिन्छ भने, एउटा कामका लागि भनेर लगेको कामदार अर्कै काममा लगाइन्छ। उनीहरुको सबै कागजपत्र जफत गरिन्छ।’ 

कतारले नयाँ कानुन आगामी मंगलबारबाट लागू हुने जनाएको छ।

२०२२ मा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्ने कतारमा व्यापक मानअधिकार उल्लघंन भएको रिर्पोट अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएपछि कतारले कफला कानुन अन्त्यको घोषण गरेको हो।  कफला कानुन अन्त्य गर्ने घोषणा गरेको कतारले नयाँ कानुन कन्ट्रयाकको आधारमा हुने र यो पहिला भन्दा धेरै सजिलो र सुरक्षित हुने जनाएको छ। 

विश्वकप फुटबलका लागि कतारले बनाएकाे रंगशाला। यस्ता रंगशाला निर्माणमा नेपाली कामदार प्रयोग भइरहेका छन्।

श्रम विज्ञ गुरुङ नयाँ कानुन आइनसकेको अवस्थामा नयाँ कानुनका प्रावधान नहेरी धेरै कुरा भन्न नसकिने बताउँछन्। 

‘कतारमा २०२२ मा विश्वकप आयोजना हुँदैछ,’ उनले भने,‘त्यहाँ रहेका श्रमिकमाथि मानव अधिकार हनन् भएको विश्वव्यापी चर्चापछि उसले काफला कानुन अन्त्य गर्ने घोषणा गरेको हो अब व्यवहारमा के हुन्छ हेर्न बाँकी छ।’

कफलाको अन्त्यबाट आप्रवासी कामदार लाभान्वित हुने अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले उल्लेख गरेका छन्।

यसअघि पनि कतारले आफ्नो कानुनमा परिवर्तन गर्दै शून्य लगतमा कामदार ल्याउनुपर्ने व्यवस्था ल्याएको थियो। तर त्यो अझैसम्म नरोकिएकाले अहिले नै खुशी हुने अवस्था नरहेको बताए।

कतार मलेसियापछि नेपाल कामदारको दोस्रो ठूलो गन्तव्य हो।  हाल कतारमा ९ लाख ४१ हजार नेपाली कामदार कार्यरत रहेको श्रम मन्त्रालयको तथ्यांकले देखाएको छ। 

 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad