७ वैशाख २०८१ शुक्रबार
समाज

छोराद्वारा बाबुआमाको खुर्पा प्रहार गरी हत्या

हत्या भएको स्थान। तस्बिर:नागरिक

भैरहवा- ओमसतिया ४ सानो बालापुरमा छोराले बाबुआमालाई खुर्पा हसियाले हानेर हत्या गरेको छ। मानसिक सन्तुलन विग्रीएर २८ वर्षिय छोरा गोरख यादवले बाबु ७२ वर्षिय रामनारायणा यादव र आमा ७० वर्षिया ठगना यादवलाई हसियाले हानेर हत्या गरेको हो।

शुक्रबार दिउँसो करिब २ बजे भएको उक्त घटना छोरा आवेशमा आएर भएको स्थानीयले बताएका छन्। बाबु रामनारमयणाका अर्का छोरा ५२ वर्षिय जोगिन्द्र यादव घाइते भएका छन्। यादवको बाँया हातमा चोट लागेको छ। उनको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

मानसिक रोगको औषधी सेवन गरिररहेका छोरा गोरख आवेशमा आएर घटना घटाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्ग बहादुर खत्रीले बताएका छन्। मृतकको शवलाई पोस्टमारटमका लागि भिम अस्पतालमा राखिएको छ।

छोरा गोरखलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।

प्रकाशित: २० मंसिर २०७६ ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App