७ वैशाख २०८१ शुक्रबार
समाज

अटो दुर्घटना हुँदा एकको मृत्यु

खोटाङ- खोटाङमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। हलेसीबाट दिक्तेलतर्फ आउदै गरेको को २ ह ८३४६ नम्बरको अटो हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको विजुलेमा शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल अल्छेढुंगाका अन्दाजी ३० बर्षीय टंक खत्रीको मृत्यु भएको हो।

अटो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोद कुमार खेरवालले जानकारी दिए। तिब्र गतीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटना हुँदा अटोमा यात्रु नभएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

मृत्यु खत्रीको शव परिक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ।

प्रकाशित: २० मंसिर २०७६ १०:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App