६ वैशाख २०८१ बिहीबार
खेल

पुरुष क्रिकेटमा नेपाल विजयी, फाइनल यात्रा जीवितै

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको छ।

नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको खेलमा नेपालले १ सय ६४ रनको लक्ष्य पेश गरेको थियो। जवाफमा माल्दिभ्सले २० ओभार खेल्दै ७९ रन मात्रै बनायो।

उक्त क्रममा माल्दिभ्सले ६ विकेट गुमायो। माल्दिभ्सका लागि मोहमद आजमले अविजित रहँदै सर्वाधिक १७ रनको जोडे। नेपालका सुशन भारी र ललित राजवंशीले २–२ विकेट लिए। पवन सर्राफले १ विकेट लिए। 

नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन जोड्यो। करण केसीले अविजित रहँदै सर्वाधिक ४० रन बनाए।

उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३९, बिनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९–१९ रन बनाए। खेलमा आरिफ शेखले १७, पारस खड्काले ११ र रोहित पौडेलले १० रनको योग्दान दिए। 

माल्दिभ्सका लिम शफिगले ३ तथा अमील मौरुफले २ विकेट हात पारे। 

नेपाल पहिलो खेलमा टेष्ट राष्ट्र श्रीलंकाको यू–२३ सँग ६ विकेटले जित भएको थियो। दोस्रो खेलमा भुटानमाथि १ सय ४१ रनको जित निकालेको नेपालले तेस्रो खेलमा पनि विजयी भयो। नेपालको चार अंक रहेको छ।

अन्तिम खेलमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशको यू–२३ संग खेल्नु पर्ने छ। उक्त खेलमा पराजित भएको खण्डमा नेपाल फाइनल प्रवेश गर्ने छैन। 

प्रकाशित: २० मंसिर २०७६ १०:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App