७ वैशाख २०८१ शुक्रबार
खेल

भारोत्तोलनमा अधिकारी दम्पतीलाई कास्य

पोखरा - १३ औं दक्षिण एशियाली खेलुकद (साग) प्रतियोगिता अन्तर्गत भारोत्तोलनमा नेपालका कमलबहादुर अधिकारीले कास्य जितेको केही घण्टामै श्रीमतीले पनि कास्य पदक जितेकी छन्। अधिकारीले पुरुष ६७ केजी तौल समूहमा कास्य जितेका थिए। उनकी धर्मपत्नी राज्यलक्ष्मी थापाले पनि कास्य पदक नै जित्न सफल भइन्।

१० औं संस्करणका स्वर्ण विजेता कमल १३ औं मा पुरुषतर्फ ६७ केजी तौल समूहमा कास्यमा सिमित भएका हुन्।  प्रहरीकी राज्यलक्ष्मीले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८३ सहित कुल १५० किलो भार उठाउँदै कास्य जितेकी हुन्।

यस्तै सो प्रतिस्पर्धामा भारतले स्वर्ण र बंगलादेशले रजत पदक जितेको छ। भारतकी मनप्रित कौरले स्न्याचमा ८५ र क्लीन एण्ड जर्कमा १०७ गरी कुल १९२ किलो भार बहन गरी स्वर्ण जितेकी हुन्। बंगलादेशकी रोकेया सुल्तान साठीले स्न्याचमा ७० र क्लीन एण्ड जर्क विधामा ८५ गरी कुल १५५ किलो बहन गर्दै रजतमा सीमित बनिन्। उता, महिला ६४ केजी तौल समूहमा नेपालकी देवी चौधरी यसपालि पनि कास्य पदकभन्दा माथि उठन् सकिनन्। नेपाल प्रहरीमा आवद्ध उनले १२ औं संस्करणमा नेपाललाई कास्य दिलाएकी थिइन्। यसपालि उनले १५३ किलो तौल उठाउँदै कास्य जितेकी हुन्। उनले स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८५ किलो तौल उठाइन्।

 

 

प्रकाशित: २० मंसिर २०७६ ०९:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App