पोखरा– १३ औं दक्षिण एसियाली खेलकुद (साग)को भारोत्तोलनमा नेपालका कमलबहादुर अधिकारीले कास्य पदक जितेका छन्।
पोखरामा सम्पन्न खेलमा कमलले पुरुष ७८ केजी तौल समूहमा सो पदक जितेका हुन्।
उनले स्न्याचतर्फ १ सय १२ र क्लिन एण्ड जर्कमा १ सय ४० किलो गरी समग्रमा २ सय ५२ किलो भार उचालेका थिए। कास्य पदक विजेता अधिकारीले १३ औं सागको मार्चपासमा नेपालको झण्डा बोकेका थिए।
प्रतियोगितामा पाकिस्तानले स्वर्ण जित्यो।
प्रकाशित: २० मंसिर २०७६ ०९:२४ शुक्रबार