७ वैशाख २०८१ शुक्रबार
प्रवास

सहित्य समाजमा नयाँ नेतृत्व

टोकियो- अन्तरार्ष्ट्रिय साहित्य समाज (अनेसास) जापानको नेतृत्व गिरिजा गैह्रेले पाएका छन्। आइतबार टोकियोमा सम्पन्न अनेसास जापानको ११ औँ अधिवेशनबाट निर्वतमान उपाध्यक्ष  समेत रहेका गैह्रे सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन्।

त्यस्तै अधिवेशनले सर्वसम्मत रुपमा उपाध्यक्ष अरुण पौडेल, हेमन्त गिरि, महिला उपाध्यक्ष सुमित गिरि, महासचिव रविन शर्मा, सचिव ध्रुव बन्जाडे, सह–सचिव सविना रेग्मी र कोषाध्यक्षमा आनन्द अधिकारीलाई चयन गरेको छ।

समितिको सदस्यमा मिनराज बास्तोला, दिपा घिमिरे, प्रकृती फुयाँल, शरद पोख्रेल, के.वी. पारखी, मञ्जु गिरी, वन प्रेइज भण्डारी, सुमन प्रतिबिम्ब, रमेश लामिछाने र अनिल कुमार निर्दोष चयन भएका छन्।

कार्यक्रममा अनसास जापानका संस्थापक अध्यक्ष तथा पूर्वकेन्द्रिय अध्यक्ष डा. कुमार बस्नेत, अनेसासका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माईला, अनेसास जापानका अध्यक्ष विष्णु प्रसाद घिमिरे, एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, समाजसेवि पदमसिंह ठगुन्ना, राजेन्द्र जमरकट्टेल, डा. विजय ज्ञवालि लगाएतले आ-आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अनेसास जापानका सल्लाहकार तथा निर्वाचन सिमितका बेलुकाजि थापाले सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिको घोषणा गरेका थिए।

 

प्रकाशित: २० मंसिर २०७६ ०९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App