coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपालद्वारा माल्दिभ्सलाई १६४ रनको लक्ष्य

फाइल फोटो

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीतिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ गर्ने निर्णय गरेको थियो। नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन जोड्यो। करण केसीले अविजित रहँदै सर्वाधिक ४० रन बनाए।

उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३९, बिनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९–१९ रन बनाए। खेलमा आरिफ शेखले १७, पारस खड्काले ११ र रोहित पौडेलले १० रनको योग्दान दिए। 

माल्दिभ्सका लिम शफिगले ३ तथा अमील मौरुफले २ विकेट हात पारे। स्वर्णका लागि आजको खेल नेपाललाई जित्नै पर्ने दबाव छ। लक्ष्य प्राप्तीका लासग माल्दिभ्सले अहिले व्याटिङ गरिहेको छ। 

प्रकाशित: २० मंसिर २०७६ ०९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App