७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपालगञ्जमा हुण्डाईको नयाँ थ्रीएस सेन्टर

काठमाडौं–एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यले नेपालगञ्जमा नयाँ थ्रीएस सेन्टर सञ्चालनमा आएको छ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हिम अटो डिस्ट्रिब्युटरको संयोजकतत्वमा सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकर श्रेष्ठ लगायतले उक्त सेन्टरको उद्घाटन गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले उपत्यका बाहेक पोखरा, नारायणघाट, बुटवल, दाङ, बिराटनगर, दमक, बिर्तामोड, बनेपा, धनगढी, भैरहवा, इटहरी, नेपालगञ्ज र हेटौडा लगायत प्रमुख सहरमा १३ वटा डिलरसिप स्थापना गरिसकेको जनाएको छ ।
 

प्रकाशित: २८ मंसिर २०७३ ०९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App