७ वैशाख २०८१ शुक्रबार
समाज

युवा र विद्यार्थीद्वारा वृद्धवृद्धालाई मिष्ठान भोजन एवं न्यानो कपडा

युवाहरुले प्रदान गरेको रातो हुक लगाएका वृद्धवृद्धाहरु। तस्बिरःटंक/नागरिक

सर्लाही- युवाहरुको एक समूहले शुक्रबार बिहान जिल्लाको लालबन्दी नगरपालिका–१, जुटपानीस्थित पद्म भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा आश्रीत वृद्धवृद्धालाई मिष्ठान भोजन एवं न्यानो कपडा वितरण गरेको छ।

सर्लाहीको हरिवन निवासी काठमाडौंस्थित गन्तव्य सहकारी संस्थाका महाप्रबन्धक कृष्णजंग थापाले वृद्धवृद्धालाई जाडोमा लगाउने ‘हुक’ प्रदान गरेका हुन्। त्यस्तै हिमाली युनाईटेड क्लब हरिवनको सहजीकरणमा वृद्धवृद्धालाई न्यानो कपडा प्रदान गरिएको क्लबका अध्यक्ष रन्जित धमलाले जानकारी दिए। न्यानो कपडा वितरणकै अवसरमा हिमाली युनाईटेड क्लबका सदस्य दिलिप थापाले वृद्धवृद्धालाई शुक्रबार बिहान र बेलुकाको खानाको व्यवस्था गरेका छन्।

त्यस्तै जनता माध्यमिक विद्यालय लालबन्दी नगरपालिका–१ नवलपुरका कक्षा ११ र १२ का विद्यार्थीले शुक्रबारनै आश्रममा आश्रीत वृद्धवृद्धालाई मिष्ठान भोजनका लागि ६ हजार ५ सय रुपैंयाँ आर्थिक सहयोग गरेका छन्। विद्यार्थी आफैले पैसा उठाएर आश्रममा सहयोग प्रदान गरेका हुन्। सबै सहयोगी प्रति आश्रमका संरक्षक बासुदेव शरण कोइराला र अध्यक्ष भवानी कोइराला लगायतले धन्यबाद ज्ञापन गरे।

 

प्रकाशित: २० मंसिर २०७६ ०८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App