७ वैशाख २०८१ शुक्रबार
खेल

गल्फमा १७ वर्षीय सुवासलाई २ स्वर्ण

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा नेपालका सुवास तामाङले स्वर्ण जितेका छन्। उनी उमेरले १७ वर्षका मात्रै छ। सुवासले व्यक्तिगत र टिम इभेन्टमा गरी दुई स्वर्ण जितेका हुन्। 

गोकर्ण गल्फ क्लबमा शुक्रबार बंगलादेशका खेलाडीलाई व्यक्तिगत रुपमा पछि पार्दै सुवासले स्वर्ण जितेका हुन्। रजत पदकमा सीमित भएका बंगलादेशका मोहमद फरहादले ६ अन्डर २ सय ८२ स्कोर जोडे।

स्वर्णधारी सुवासले कुल १४ अन्डर २ सय ७४ स्कोर बनाए। व्यक्तिगत तर्फ नेपालका शुक्रबाहदुर राईले कांस्य जिते ।

पुरुषको टिम इभेन्टतर्फ भने सुवाससहित टंकबहादुर कार्की, शुक्रबहादुर राई र निरज तामाङ रहेका छन्। गल्फमा नेपाली महिलाले पनि प्रतिस्पर्धा गरिरहेका छन् तर स्वर्ण ल्याउने सम्भावना भने सकिएको छ। 

प्रकाशित: २० मंसिर २०७६ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App