coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाग्मती पुलमा ठेकेदारको लापरवाही, सडक बन्यो पुल बनेन

अलपत्र अवस्थामा रहेको सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र मकवानपुरको बाग्मती जोड्ने निर्माणाधिन पक्कि पुल। तस्बिर:अनिल/नागरिक

हरिहरपुरगढी- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ४ र मकवानपुरको बाग्मती ४ जोड्ने बाग्मती खोलाको पुल वर्षौदेखि अलपत्र परेको छ। निर्माणाधिन हेटौडा, सिन्धुली, चतरा राजमार्गअन्र्तगत पर्ने उक्त पुल नौ वर्षदेखि अलपत्र परेको छ।

२०६८ असार २९ गते स्वच्छन्द भैरव निर्माण सेवाले २१ करोडमा पाँच वर्षमा ठेक्का सम्पन्न गरि बुझाउँने गरि निर्माणको जिम्मा लिएको भएपनि हालसम्म ५० प्रतिशत पनि काम हुन नसकेको स्थानीयले बताएका छन्। सरकारले राष्ट्रिय गौरबको आयोजनामा राखेको उक्त मदन भण्डारी राजमार्ग (हेटौडा, सिन्धुली, चतरा) राजमार्ग अन्र्तगत सिन्धुली र मकवानपुर जोड्ने पुल नबन्दा स्थानीयले वर्षौदेखि सास्ती खेप्दै आएका छन्।

यस क्षेत्रमा सडक तर्फको काम करिब ९५ प्रतिशत पुरा भइसकेपनि पुल अलपत्र पर्दा सिन्धुली र मकवानपुर जोडिन सकेको छैन। भ्याट बाहेक अनुमानित लागत ३८ करोड रहेको पुल २१ करोडमा ठेक्का सम्झौता भएको र चार सय तीन मिटर लामो पुल निर्माण गर्नुपर्नेमा हालसम्म ५० प्रतिशत पनि निर्माण हुन सकेको छैन। १२ ओटा पिल्लर मध्ये ११ ओटा पिल्लरको काम सकिएको छ भने अर्को पिल्लरको जगमा चट्टान आएको भन्दै निर्माणमा ढिलासुस्ती भएको हो।

पाँच वर्षभित्र काम सम्पन्न गर्ने गरी २०६८ असार २९ गते स्वच्छन्द भैरव निर्माण सेवाले निर्माणको जिम्मा लिएको हो। मदनभण्डारी राजमार्ग पश्चिम खण्ड आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर केशब ओझाले भने, सुरुवातमा सडक विभागको पुल महाशाखाले यसको रेखदेखको जिम्मेवारी लिएको थियो। जसअन्र्तगत तत्कालिन धरानमा रहेको पुल सेक्टरले यसको रेखदेख गर्दै आएकोमा तत्कालीन धरान–चतरा–सिन्धुली–हेटौंडा सडक आयोनजना (हाल मदन भण्डारी लोकमार्ग सडक आयोजना) ले नै रेखदेख गर्ने गरि सम्झौता गरेको हो।

समय अवधिमा काम नभएपछि विभिन्न चरण गरि २०७५ असोजसम्म म्याद थप गरिए पनि पुल बन्न नसकेको आयोजना कार्यालयले जनाएको छ। निर्माणको जिम्मा पाएको स्वच्छन्द भैरवले निर्माणको समयमा क्यानन गौतम जेभीलाई पेटी ठेक्कामा काम दिएको थियो। तर पेटी ठेक्काबाट काम नभएपछि निर्माण कम्पनी आफैले निर्माण गर्ने बताए पनि हाल निर्माण क्षेत्रमा थोरै कामदार रहेको र निर्माणले गति नलिएको स्थानीय बताउँछन्।

नौ वर्षदेखि पुल बन्छ र बाग्मती तरेर सिधै मकवानपुर हेटाडौ जाने सपना अलपत्र छ, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले भने, मदनभण्डारी राजमार्गको सडक बन्यो, तर पुल बनेन। पुल नबनेकै कारण सडक भएपनि जोखिम मोलेरनै बाग्मती खोला आवातजावत गर्नुपर्ने समस्या रहेको उनले बताए।

हिउँदेयाममा जसोतसो सवारी खोलाबाट तर्छन्, बर्षायाममा वारीबाट पारी जाने अवस्था आउदैन, उनले भने, पुल नहुँदा धेरै दुख पाएका छौं। वर्षौदेखि पुल बनाउन ठेकेदार कम्पनीलाई दवाव दिइएपनि पुल बन्न नसकेको उनको भनाइ छ।

हरिहरपुरगढी र बाग्मती जोड्ने बाग्मती खोलाको पुलको कार्यप्रगति सुस्त भयो भनेर हामीले प्रतिवेदन बुझाएका हौं, आयोजनाका इन्जिनियर ओझाले भने, प्रतिवेदन पश्चात् हामीले पेश्की स्वरुप दिएको बजेटसमेत फिर्ता मागेका छौं। उनले हालको सार्वजानिक खरिद नियमावली अनुसार ५० प्रतिशत भन्दा बढी प्रगति भएका आयोजनालाई क्षतिपूर्तिसहित २०७७ जेठ २२ गते निर्माण सम्पन्न गर्ने अन्तिम म्याद दिने तयारी भएको जानकारी दिँदै त्यो बेलासम्म निर्माण सम्पन्न गर्ने अवस्था देखियो भने, २०७७ साल जेठ २२ गतेसम्मको लागि पुनं म्याद थप हुनसक्ने बताए। यो अन्तिम अवसर हुन्छ, यो अवसरमा पनि पुल नबने ठेक्का रद्ध गरि अर्को निर्माण कम्पनीलाई दिनुपर्ने हुन्छ, उनले भने।     

मंसिर पहिलो साता मन्त्रिपरिषद् हेरफेर भएपछि नयाँ मन्त्री र सचिवसँग प्रधानमन्त्री केपी ओलीले ठेक्का लिएर आलटाल गर्ने ठेकेदारको ठेक्का रद्द गर्नसमेत निर्देशन दिएसँगै पुल बन्नेमा यस क्षेत्रका स्थानियमा आश पलाएको छ।

 

 

प्रकाशित: २० मंसिर २०७६ ०७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App