coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

भैरहवामा 'विगेस्ट डान्स क्याम्प प्रतियोगिता’ सुरु, भोलि बुटवल अडिसन

भैरहवा - भैरहवामा राष्ट्रिय स्तरको नृत्य प्रतियोगिता सुरु भएको छ। प्रदेश र जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न गरिसकेको रुद्रादेवी कला केन्द्र भैरहवाले भैरहवामा पहिलो पटक  नेपाल विगेस्ट डान्स क्याम्प प्रतियोगिता २०७६ को सुरुआत गरेको हो।

नेपाललाई विश्वभरी चिनाउनुका साथै, संस्कृतिको पहिचानका साथै अन्तरनिहित नृत्य कलालाई मञ्च प्रदान गर्ने हेतुले विशेष गरी यूवालाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागिएको रुद्रदेवी कला केन्द्रका संस्थापक अध्यक्ष सुनिल गुप्ताले बताए। ‘हामीले उमेरहद कुनै तोकेका छैनौ र हाम्रो प्रतियोगितामा भोटिङ एसएमएस पनि नभएकोले निर्णयकहरुबाटै प्रतिभा छनोट गर्ने छौँ।’ गूप्ताले नागरिकसँग भने।

मंसिर २ गते देखिनै हामीले अनलाइन अडिसन सुरु गरेका थियौ जसबाट देश भरीबाट २०जना छनोट गरेका छौ। करिब सय जनाले नृत्य कलालाई मेल र वाटसपमार्फत पठाएका थिए, जसबाट हामीले निर्णयकबाट छनोट गरेका छौ’ अनलाइनका साथै मंसिर १४ गते भैरहवाबाट पनि ६० जनालाई छनोट गरेका छौ, त्यस्तै भोली २१ गते बुटवलमा अडिसन छ जसको तयारीमा हामी लागेका छौ’– गुप्ताले भने।

यस्तै २८ गते नवलपरासी, पाल्पा, पोखरा, चितवन र ईटहरीमा र पुषको ५ गते काठमाण्डौं, झापा, बिरगंज, नेपालगंज र कपिलवस्तुमा अडिसन गरेर प्रतियोगी छनोट हुनेछ। अडिसन, कोरियोग्राफी, मेगा अडिसन, सेमीफाइनल र फाइनल गरी ५ वटा राउण्डमा प्रतियोगी सहभागीभई विजेता घोसणा हुनेछ।

एकल, जोडी र समूह गरी अलग अलग विधामा नेपाली हिन्दी र अगे्रजी गीतमा नृत्य प्रतियोगितामा सहभागी बन्न पाइने छ। प्रतियोगिताको फाइनल अन्तराष्ट्रिय स्तरको मञ्चबाट भैरहवामै फागुनमा गरिने आयोजकले जानकारी दिएका छन्। प्रतियोगिताका विजेताहरु मध्ये प्रथम हुने प्रतिष्पर्धीलाई २ लाख ४९ हजार ९ सय ९९ रुपैया नगद पुरस्कार, १५ महिना फ्रि डिप्लोमा कोर्स, सर्ट फिल्ममा सहभागी गराउनुका साथै एल्बम खोल्ने अवसर र अन्य विभिन्न गीफ्ट ह्याम्पर प्रदान गरिने छ। त्यस्तै दोस्रो तेर्साे र सान्तवनहुने प्रतियोगीहरुलाई र टप २० मा आएका सम्पूर्ण प्रतियोगीहरुलाई १५ महिने नि शुल्क डिप्लोमा कोर्स सहित नगद र गीफ्ट ह्याम्पर प्रदान गरिने छ आयोजकले जनाएका छन।

प्रतियोगिता अवधिभर १ करोड ४६ लाख अनुमानित खर्च लाग्ने कार्यक्रममा देशभरबाटमा करिब १ हजार जना सहभागी हुने अपेक्षा आयोजकको रहेको छ। सहभागीबाट एकलतर्फ १ हजार, जोडीको २ हजार र समूहको ५ हजार दर्ता शुल्क लाग्नेछ। यस्तै कोरियोग्राफी राउण्डमा पुगेपछि प्रतियोगीले थप १० हजार बुझाउनु पर्ने छ जसमा ५ दिनको सम्पूर्ण खर्च होटल, खाना र अन्य आयोजकले व्योहोर्ने छन्।

प्रतियोगिताको १ महिनापछि १५ दिनको क्याम्प समेत आयोजना हुन्छ। बिशेष गरि भैरहवा पनि यस्ता किसिमका राष्ट्रिय कार्यक्रम गर्न सक्षम छ भन्ने सन्देश दिन तथा राष्ट्रिय स्तरका कलाकारको खोजी गर्न प्रतियोगिता आयोजना गरिएको छ। अन्तराष्ट्रिय स्तरको फाइनल राउण्ड कार्यक्रममा प्रवेशको लागि टिकट राखिने छ, प्रतियोगितामा कार्यक्रमबाट आर्जन भएको रकम बालगृहलाई प्रदान गर्ने आयोजकले जनाएको छ।

प्रकाशित: २० मंसिर २०७६ ०५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App