८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भेटेनरी डाक्टर बलात्कार प्रकरणः चारै अभियुक्तको ‘प्रहरी इन्काउन्टर’मा मृत्यु

इन्काउन्टर।तस्बिर साैजन्य द हिन्दु।

काठमाडौं - एक भेटनरी डाक्टरलाई बलात्कारपछि शरिरमा आगोे लगाउने चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन्। भारतको हैदरावादमा हिरासतमा रहेका चार जना आरोपीहरुको शुक्रबार बिहानै इकाउन्टरमा मृत्यु भएको इन्डिया टुडेले जनाएको छ।

समाचारमा जनाइएअनुसार यो इनकाउन्टर हैदराबादबाट ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो। भारतीय प्रहरीलाई उदृत गर्दै समाचारमा भनिएको छ, 'शुक्रबार बिहान ३ बजे चारै जनाको एक मुठभेडमा मृत्यु भएको हो। चारैजनालाई बुधबार प्रहरी हिरासतमा राखिएको थियो।'

२७ नभेम्बरमा एक भेटनरी डाक्टरको बलात्कार गरी चार युवकहरुले शरीर जलाइदिएका थिए। प्रहरीको अनुसन्धानको आरोपीहरुलाई क्राइम सिन रिक्रिएट गर्नका लागि घटना भएको स्थानमा लगेका थिए। अनुसन्धानबीच चारैजना आरोपीहरुले  भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको जनाइएकाे छ।

प्रहरीले घटना लगत्तै चार आरोपीलाई पक्राउ गरको थियो। अदालतले उनीहरुलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको थियो। डाक्टरको बलात्कारपछि शरीर जलाएर फालिएको घटना सार्वजनिक भएपछि भारतभर विरोध भइरहेको छ।

घर फर्किरहेकी डाक्टर स्कुटर पञ्चर भएपछि एउटा टोल प्लाजामा बसिरहेकी थिइन्। त्यही बेला पेशाले ट्रक डाइभर र किल्नर रहेका आरोपीहरुले महिलाको सामूहिक बलात्कार गरी शरीर जलाइ दिएका थिए। आरोपीहरु २० देखि २६ वर्ष उमेर का थिए।

प्रकाशित: २० मंसिर २०७६ ०३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App