४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

अलेप्पोमा जित नजिक सेना

बेरुत–सिरियाली सैनिकले अलेप्पोको दक्षिणपूर्वी प्रमुख जिल्लाहरु सोमबार कब्जामा लिएको छ । विद्रोहीको नियन्त्रणमा ९० प्रतिशत रहेको सो क्षेत्रहरु सिरियाली सैनिकले नियन्त्रणमा लिएको  मानव अधिकारी समूहले जानकारी दिएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का अनुसार सिरियाली राष्ट्रपति समर्थक सुरक्षाबलले शेख सेएद जिल्ला कब्जा गरेका हुन । शनिबार अपरान्ह्बाट सुरक्षाबल र विद्रोहीबीच जारी भीषण झडपपछि सो जिल्ला कब्जामा  लिइएको हो ।

सिरियाली सरकारी बलले हाल सो इलाका ९० प्रतिशत नियन्त्रणमा लिएको छ । त्यो सबै इलाकामा पहिले विद्रोहीको नियन्त्रण थियो । सिरियाको दोस्रो ठूलो सहर अलेप्पो सन् २०१२ बाट पश्चिमी भाग सरकारको नियन्त्रणमा र पूर्वी भाग विद्रोहीको नियन्त्रणमा रहँदै आएको थियो ।
गत एक  महिना भन्दा पनि कम समययता प्राय विद्रोहीको नियन्त्रणमा रहेको सो सहरमा सिरियाली सैनिकले भीषण कारबाही सुरु गरेको थियो ।

अझै पनि विपक्षीको नियन्त्रणमा रहेको  अलेप्पोका जिल्लाहरुमा गएराति र सोमबार विहान सवेरैबाट हवाई आक्रमण सुरु भएको बेलायतसँग आवद्ध अब्जरभेटरीले जानकारी दिएको छ ।

गत नोभेम्बर १३ बाट पूर्वी अलेप्पोमा सुरु भएको भीषण आक्रमणमा कम्तीमा ४१३ सर्वसाधारणको मृत्यु भएको. अब्जरभेटरीले जानकारी दिएको छ । त्यसैगरी अलेप्पोको पश्चिम भागमा विद्रोहीले गरेको रकेट आक्रमणमा कम्तीमा १३९ व्यक्तिको मृत्यु भएको छ ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

यस गृहयुद्धमा इस्लामिक स्टेट र अल कायदा जस्ता आतङ्ककारी समूह पनि हाबी हुँदै गए । यस युद्धमा परी सन् २०११ देखि हालसम्म तीन लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको र दशौँ लाख व्यक्ति घाइते भएका छन् । त्यसैगरी देशभित्र र छिमेकी देशमा लाखौँ व्यक्तिले शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।

यसैबीच    सिरियामा जारी द्वन्द्व समाधान सम्बन्धमा रसियाले सिरियाली राष्ट्रपति बसर अल असदलाई आतंकवाद विरोधी अभियानमा सघाएको बताए पनि वास्तवमा आतंकवादी गतिविधि नियन्त्रणमा रसियाली कारबाही केन्द्रित नभएको फ्रान्सले बताएको छ ।

    सोमबार युरोपेली युनियनका विदेशमन्त्रीहरुको नियमित भेटघाटका क्रममा ब्रसेल्समा बोल्दै फ्रान्सका विदेशमन्त्री जाँ मार्क आयरुल्टले भने ‘सिरियाद्वन्द्व अन्त्य गर्ने सम्बन्धमा गत हप्ताको अन्त्यतिर अमेरिकी तथा रसियाली अधिकारीबीच भएको वार्ता सफल नहुनुमा रसियाको दोहोरो भूमिकाका साथै लगातारको झुटो आश्वासन जिम्मेवार छ ।’

    ‘एकातिर रसियाली अधिकारी वार्ता गरौँ र युद्धबिराम गर्न सिरियालाई दबाब सिर्जना गरौँ भन्छन्, अर्कोतिर सिरियामा असदको सत्ता टिकाइराख्न र विद्रोहीलाई सखाप पार्न सैनिक सहयोग दिँदै आएको छ’, आयरुल्टले थपे ।
    रसियाको प्रयास अलेप्पो सहर नियन्त्रणमा लिनु रहेको भएको बताउँदै उनले भने ‘मस्कोको वास्तविक उद्देश्य नै यही हो जसका कारण करिब तीन लाख सिरियालीले ज्यान गुमाउनु प¥यो ।’

प्रकाशित: २८ मंसिर २०७३ ०७:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App