coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्यांकरको पानीले होटल सञ्चालन

खोटाङ – पानीको अभावमा खोटाङको हलेसी क्षेत्रका अधिकांश होटल व्यवसायी पानीको अभावका कारण किनेको पानीले व्यवसाय सञ्चालन गर्दै आएका छन्। दैनिकजसो स्वदेशी तथा विदेशी पर्यटक तथा दर्शनार्थीको भीड लाग्ने हलेसीमा सञ्चालित होटलले प्रतिलिटर एक रुपैयाँका दरले पानी किनेर होटल धान्ने गरेको होटल व्यवसायी संघ हलेसीका अध्यक्ष रुद्र गिरीले बताए।

हलेसीमा पछिल्लो समय करोडौंको लगानीमा खुलेका होटलमा ट्यांकरमा ल्याएको पानी उपयोग हुने गरेको छ। हलेसीका एउटा होटलले करिब दैनिक १० हजार लिटर पानी खपत गर्ने गरेको अध्यक्ष गिरीले बताए। ‘एउटा होटलमा दैनिक १० हजारको पानी खपत हुन्छ,’ अध्यक्ष गिरीले भने, ‘हलेसीमा एक सयको हाराहारीमा होटल रहेका छन्। यस हिसाबले दैनिक एक लाख रुपैयाँको पानी खपत भइरहेको छ।’ हलेसी बजारनजिक केही ससाना पानीका मुहान रहेका छन्। तर, ती मुहान सुक्दै जाँदा र बजार क्षेत्र बढ्दै जाँदा यहाँ खानेपानीको समस्या बढेको हो। भएका पानीका मुहानले यो बजारलाई धान्नसक्ने अवस्था छैन। हलेसीका होटलमा आवश्यक पर्ने पानी ट्यांकर व्यवसायीले दुधकोसीका साथै अन्य विभिन्न खोलाबाट ल्याउने गरेका छन्।

प्रकाशित: २० मंसिर २०७६ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App