७ वैशाख २०८१ शुक्रबार
अर्थ

यातायात तथा पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी हुने

काठमाडौं  - नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मंसिर अन्तिम साता काडमाडौंमा अन्तर्राष्ट्रिय यातायात तथा पर्यटनसम्बन्धी बृहत् कार्यशाला हुने भएको छ। नेपालको पर्यटन र यातायातलाई थप सुदृढीकरण गर्नका लागि कार्यशाला आयोजना गर्न लागिएको हो।

नेपाल अटोमोबाइल्स एसोसिएसन र चिनियाँ हाइवे एन्ड ट्रान्सपोर्ट सोसाइटीको संयुक्त आयोजनामा मंसिर २७ र २८ गते कार्यशाला गर्न लागिएको हो। नेपाल अटोमोबाइल्स एसोसिएसका महासचिव तथा कार्यक्रम संयोजक आशिष गजुरेलले बिहीबार पत्रकार सम्मेलन गरेर कार्यशालाबारे जानकारी गराएका थिए। नेपालको पर्यटन क्षेत्रमा लगानीको सम्भावना, ड्राइभ टुरिजम, बिआरआई एन्ड टुरिज्म, पर्यटन सुरक्षा र क्रस बोर्डर कनेक्टिभिटीजस्ता एक दर्जनभन्दा धेरै कार्यपत्र प्रस्तुत गरेर जानकारी दिइएको थियो।

‘कार्यशाला गोष्ठीमा नेपालको यातायातलाई कसरी पर्यटनमैत्री गराउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुनेछ,’ उनले भने, ‘कार्यशालामा १३ मुलुकका ३० भन्दा धेरै पर्यटन तथा यातायात क्षेत्रका विज्ञ र लगानीकर्ताको सहभागिता हुनेछ।’ नेपालमा सवारी दुर्घटनामा परेर वार्षिक ४५ जना विदेशी पर्यटकले ज्यान गुमाउँदा पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेकाले त्यसलाई अन्त्य गर्न सचेतनामूलक कार्यक्रम गर्न लागेको आयोजकको भनाइ छ।

‘नेपालको सडक पर्यटनमैत्री छैनन् भन्ने अफ्वाह फैलिएको छ। उक्त भ्रम चिर्नका लागि पनि यातायात र पर्यटक विशेष कार्यशाला गोष्ठी गर्न लागेका हौं,’ संयोजक गजुरेलले भने, ‘यो सम्मेलनले पर्यटन र यातायात दुवै क्षेत्रका लागि विशेष महŒव राख्ने काम गर्छ।’

चिनियाँ हाइवे एन्ड ट्रान्सपोर्ट सोसाइटीका उपनिर्देशक डा. झयाङले नेपाल र चीनसँग लामो समयदेखि मित्रता भएकाले पनि नेपालको पर्यटन र यातायातको क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गर्दै आएको बताए। उनले नेपालको पर्यटन र यातायातको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। कार्यशालामा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको विशेष प्रस्तुतिका साथै सातवटै प्रदेश सरकारका पर्यटकीय निकायले समेत प्रत्यक्ष रूपमा सहभािगता जनाउनेछन्।

प्रकाशित: २० मंसिर २०७६ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App