बलात्कृत महिलालाई अदालत जाँदै गर्दा जलाइयो

शुक्रबार, २० मङि्सर २०७६, ०७ : २९ नागरिक

नयाँ दिल्ली  (बिबिसी) – भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ। उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरको धेरै भाग जलेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ।

गत मार्चमा आफू बलात्कृत भएको भन्दै उनले स्थानीय दुईजना पुरुषविरुद्ध जाहेरी दिएकी थिइन्। अदालतमा उक्त मुद्दाको सुनुवाइका लागि ती महिला जाँदै गर्दा बाटोमा पर्ने ट्रेन स्टेसनमा पुरुषहरूको एक समूहले तानेर नजिकैको खेतमा पु¥याई आगो लगाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनापछि बलात्कार गरेको आरोप लागेका दुईजनासँगै अरू तीनजना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ।

बलात्कारसम्बन्धी अर्काे घटनाका कारण उन्नाओ जिल्ला हालसालै समाचारमा आएको थियो। सत्तारुढ दल भाजपाका एक सांसदविरुद्ध हत्या अभियोगको मुद्दा प्रहरीले अगाडि बढाएको छ। कार दुर्घटनामा परी गम्भीर घाइते भएकी ती महिलाले भाजपा सांसदले बलात्कार गरेको अभियोग लगाइकी थिइन्। उक्त दुर्घटनामा ती महिलाका दुईजना नातेदारका मृत्यु भएको थियो भने तिनका वकिल घाइते भएका थिए।

बलात्कारका पछिल्ला यी घटनाप्रति भारतका आम जनसमुदायले आक्रोश व्यक्त गरेका छन्। उत्तर प्रदेशको यो घटनापछि सामाजिक सञ्जालहरूमा यसको चर्का विरोध भएको छ।

भारतमा एक साताअघि मात्र त्रासदीपूर्ण हत्या र बलात्कारको दुईवटा घटना सञ्चारमाध्यममा प्रमुखताका साथ सार्वजनिक भएका थिए। एउटा घटनामा भारतको हैदरावादमा गत नाभेम्बर २७ मा एकजना २७ वर्षीया महिलाको बलात्कारपछि आगो लगाएर हत्या भएको थियो। उनको ढडेको शरीरको केही भाग गत सातामात्र पत्ता लागेको थियो।

सन् २०१२ को डिसेम्बरमा राजधानी नयाँ दिल्लीमा एकजना युवतीलाई यात्रुबाहक बसमा सामूहिक बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएपछि भारतमा बलात्कार र यौन हिंसाका घटनाहरू चर्चामा रहेका छन। त्यसो हुँदाहुँदै पनि महिलाविरुद्ध हुने यस्ता खाले अपराधको संख्यामा कुनै कमी आएको छैन।

सन् २०१७ मा मात्र भारतमा बलात्कारसम्बन्धी ३३ हजार ६ सय ५८ मुद्दा प्रहरीकहाँ दर्ता भएका छन्। यो हिसाबले भारतमा प्रत्येक दिन ९२ बटा बलात्कारसम्बन्धी घटनाहरू हुने गर्छन्।






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad