८ वैशाख २०८१ शनिबार
समाज

जाजरकोटका विद्यालयमा अख्तियारको छापा

 जनक केसी

जाजरकोट– छात्रवृत्ति, विद्यालयको भवन निर्माण तथा आन्तरिक आयमाथि  व्यापक  घोटाला भएको भन्दै  सरोकारवालाको  उजुरी र विभिन्न संचार माध्यममा प्रकाशित समाचारका  आधारमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  जिल्लाका केही विद्यालयमा छापा मारेको छ।

गाविसमा सामाजिक सुरक्षाको  भत्ता वितरणमा भएको  घोटालाबारे  छानविन गर्न जिल्ला   आएको अख्तियारको टोलीले  केही विद्यालयको  बारेमा परेको  उजुरीबारे  विद्यालयमा  छापा मारेर  विभिन्न कागजात नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको  हो।

पश्चिमी भेगमा रहेको जनप्रिय माद्यमिक विद्यालय दसेरा, वाल माद्यमिक विद्यालय झाप्रा, जनविकास मावि  सुवानाउली र भाग्योदय मावि वडावनमा  अख्तियारको टोलीले  छापा मारेर अनियमिता छानविनको  सुरुवात  गरेको हो।

विद्यालयमा विभिन्न स्रोतबाट  जम्मा भएको रकम, पाठ्यपुस्तकको रकम र  छात्रवृत्तिको रकममा   प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा  घोटाला हुने गरेको भन्दै सरोकारवालाले गुनासो गर्दै आएका छन्।

स्थानीय अभिभावक र अन्य सरोकारवालाले दिएको उजुरीका आधारमा केही विद्यालयमा बुझ्न गएको  अख्तियार टोलीले ती विद्यालयमा  आर्थिक घोटाला भएको  भन्दै कागजात नियन्त्रणमा लिएको  हो।  जनप्रिय माद्यामिक विद्यालय दसेरामा १ करोड ३७ लाख रकम हिनामिना भएको    स्थानीय अभिभावकको   आरोप छ।   शिक्षा कार्यालयवाट निर्माण योजना परेको ४ कोठे  २४ लाखको भवन निकै कम गुणस्तरमा  बनाएको, अनावस्यक शीर्षकमा अत्यधिक खर्च गर्ने गरेको  अभिभावकले आरोप लगाएका छन्।

विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा ५ लाख गाडी भाडा, १० लाखको चिया नास्ता, र १० लाख विविध खर्च  र २ लाख बढीको रिचार्ज कार्डमा खर्च भएका  विलहरु भेटिएको  एक अभिभावकले नाम नबताउने सर्तमा  बताए।

जनज्ञानकुन्ज क्याम्पस दसेराको  स्वीकृतिकालागि जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति टेकबहादुर थापासमेत उक्त विद्यालयको  अनियमिततामा मुछिएका छन्। थापा  उक्त क्याम्पस संचालक समितिका अध्यक्ष पनि हुन्।

विद्यालयको सक्रियतामा क्याम्पसको स्वीकृतिकालागि काम गर्दा  रकम खर्च भएको  प्रधानाध्यापक शेरबहादुर अधिकारीले बताए। क्याम्पस स्वीकृतिका लागि धेरै पटक काठमाडौं जाने र बस्ने गर्दा बढी रकम खर्च हुन गएको  उनको जिकिर छ ।

त्यस्तै  वाल माद्यमिक झाप्रामा छात्रवृत्तिका लागि जिल्ला शिक्षा कार्यालयवाट प्राप्त हुने रकम र विद्यार्थीबाट  चर्काे शुल्क उठाएर निजी शिक्षकलाई तलव खुवाउने गरिएको, ४ कोठे भवन निर्माणमा कम गुणस्तर सामाग्रीको प्रयोग  गरेको भन्दै  सरोकारवालाले  उजुरी दिएपछि त्यहाँको पनि कागजातहरु  अख्तियारको टोलीले कव्जामा लिएको छ।    ११ र १२ कक्षाका विद्यार्थीबाट उठाइने शुल्क वापतको रकम  विद्यालयका प्रअले  निजी  कामका लागि व्याजमा लगाउने गरेको अभिभावकले गुनाो गरेका छन्।

प्रकाशित: २८ मंसिर २०७३ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App