७ वैशाख २०८१ शुक्रबार
समाज

प्लाष्टिक प्रयोग निषेध

धनुषा- प्रदेश नं २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालय क्षेत्रभित्र प्लाष्टिकको झोला तथा ब्यागको प्रयोग निषेध गरिएको छ। सचिवस्तरीय निर्णयबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले हाल मधेश भवन नामाङ्कन गरिएको उक्त क्षेत्रमा प्लाष्टिकजन्य झोला, ब्याग, ग्लास र प्लेटमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। प्लाष्टिकको प्रयोगले वातावरण र सौन्दर्यतामा नकारात्मक प्रभाव पार्ने भएकाले यसको प्रयोगमा प्रतिबन्ध लगाइएको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले जनाएको छ।

जनकपुर चुरोट कारखाना परिसरमा मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुख कार्यालय, पाँच वटा अन्य मन्त्रालय, नीति आयोग, मुख्य न्यायाधिवक्ताको कार्यालयका अतिरिक्त, मन्त्रीहरुको आवाससहित अन्य अधिकारीको आवास क्षेत्र रहेको छ। प्लाष्टिकको प्रयोगले शहरको सौन्दर्य बिगार्ने, दुर्गन्ध बढाउने, नकुहिने र यसले वातावरण तथा कृषि उत्पादनमा पनि नकारात्मक असर पार्ने गरेकोले मन्त्रालयले यस्तो निर्णय लिएको हो।

नेपालभर वर्षमा ५६ लाख प्लाष्टिकको फोहर उत्पादन गर्ने कामकाज भए पनि यसको सङ्कलन तथा प्रशोधन कमै हुने गरेका कारणले अत्यधिक मात्रामा वातावरणमा असर पारिरहेको छ भने यसले मानवको स्वास्थ्यमा पनि नकारात्मक असर गर्दै आएको छ। रासस

प्रकाशित: १९ मंसिर २०७६ १६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App